1 हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु;
2 म तपाईंमा रमाउनेछु र आनन्द मनाउनेछु;
3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्;
4 किनकि तपाईंले न्याय गर्नुभयो र मेरो पक्षमा निर्णय गरिदिनुभएको छ,
5 तपाईंले जाति-जातिहरूलाई हप्काउनुभएको छ; र दुष्टहरूलाई नष्ट पार्नुभएको छ;
6 मेरा शत्रुहरूमाथि अनन्त विनाश आइपरेको छ,
7 याहवेहले सदासर्वदाको निम्ति राज्य गर्नुहुन्छ;
8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ;
9 याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ,
10 तपाईंका नाम जान्नेहरूले तपाईंमा भरोसा राख्दछन्,
11 सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ;
12 किनकि रक्तपातको बदला लिनुहुनेले सम्झना राख्नुहुन्छ;
13 हे याहवेह, हेर्नुहोस्, कसरी मलाई मेरा शत्रुहरूले खेदो गर्छन्।
14 ताकि सियोनकी छोरीका ढोकाहरूमा
15 राष्ट्रहरू आफूले खनेका खाडलमा आफैँ जाकिएका छन्;
16 याहवेह त उहाँको न्यायको कामद्वारा चिनिनुहुन्छ;
17 दुष्टहरूचाहिँ मृत्युको पातालमै फर्केर जानेछन्,
18 तर परमेश्वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन;
19 हे याहवेह, तपाईं उठ्नुहोस्, नाशवान् मानिस विजयी हुन नपाओस्;
20 हे याहवेह, तिनीहरूमाथि त्रास खन्याउनुहोस्;