1 हे याहवेह, किन तपाईं टाढा उभिनुहुन्छ?
2 दुष्टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्।
3 तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्;
4 दुष्टहरूले आफ्नो घमण्डमा परमेश्वरको खोजी गर्दैनन्;
5 दुष्टहरूका योजनाहरू सधैँ सफल हुन्छन्;
6 तिनीहरूले आफ्नो मनमा भन्छन्, “हामीलाई कुनै पनि कुराले हल्लाउन सक्नेछैन।”
7 तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्;
8 तिनीहरू गाउँहरूकै छेउमा ढुकिबस्छन्;
9 तिनीहरू सिंहझैँ झाडीमा ढुकेर बस्छन्;
10 तिनीहरूका शिकारहरू चकनाचुर पारिन्छन्, ती निर्बल भई ढल्छन्,
11 तिनीहरूले आफ्नो मनमा भन्दछन्, “हामीले गरेका कुराहरू परमेश्वरले बिर्सनुभएको छ;
12 हे याहवेह, उठ्नुहोस्, हे परमेश्वर, तपाईंको हात उठाउनुहोस्।
13 किन दुष्टहरूले परमेश्वरको विरोध गर्छन्?
14 तर हे परमेश्वर, तपाईं दुःखीहरूका सङ्कष्ट देख्नुहुन्छ;
15 दुष्ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्;
16 याहवेह सदासर्वदाको निम्ति राजा हुनुहुन्छ;
17 हे याहवेह, तपाईंले कष्टमा परेकाहरूको इच्छा बुझ्नुहुन्छ;
18 तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ,