1 हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ;
2 पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु,
3 तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;
4 मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु,
5 मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्ट हुनेछ;
6 मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु;
7 किनकि तपाईं मेरो सहायक हुनुहुन्छ;
8 मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ;
9 मलाई मार्न खोज्नेहरूचाहिँ नष्ट पारिनेछन्;
10 तिनीहरू तरवारद्वारा मारिनेछन्;
11 तर राजा परमेश्वरमा आनन्दित हुनेछन्;