1 परमेश्वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ;
2 साँच्चै, उहाँ मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;
3 तिमीहरूले मलाई कहिलेसम्म आक्रमण गरिबस्छौ?
4 साँच्चै मलाई मेरो उच्च स्थानबाट खसाल्नलाई
5 हे मेरो प्राण, परमेश्वरमा नै विश्राम गर्;
6 साँच्चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;
7 मेरो मुक्ति र मेरो सम्मान परमेश्वरमा आधारित छ;
8 हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;
9 साँच्चै निम्न स्तरका मानिसहरू एक मुट्ठी सास मात्र हुन्;
10 लुटपाट गर्ने काममा भरोसा नगर,
11 एउटा कुरा परमेश्वरले भन्नुभएको छ,
12 हे प्रभु, अचुक प्रेम तपाईंमा छ।”