1 हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्;
2 किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्,
3 तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन;
4 मेरा अधर्महरूले मलाई ढाकिसकेको छ,
5 मेरो पापमय मूर्खताको कारणले गर्दा,
6 म झुकेर धुलैमा मिलिसकेको छु;
7 मेरो ढाड जलनको पीडाले भरिएको छ;
8 म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु;
9 हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्;
10 मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन;
11 मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्;
12 मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्;
13 म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्न सक्दैन;
14 सुन्न नसक्ने मानिसजस्तै म भएको छु,
15 हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु;
16 किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्,
17 किनकि म त ढल्नै लागेको छु;
18 मेरो अधर्म म स्वीकार गर्दछु;
19 कारणविना मेरा शत्रुहरू धेरै भएका छन्;
20 मेरो भलाइको साटो खराबी गर्दछन्,
21 हे याहवेह, मलाई नत्याग्नुहोस्;
22 हे प्रभु, मेरा मुक्तिदाता,