1 दुष्ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान,
2 किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्,
3 याहवेहमा भरोसा राख, र भलाइ गर;
4 याहवेहमा आनन्दित होऊ;
5 तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प;
6 उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान
7 याहवेहको सामु मौन भई बस,
8 रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क;
9 किनकि दुष्टहरू नष्ट पारिनेछन्;
10 थोरै समय मात्र बाँकी छ, र दुष्टहरू रहनेछैनन्;
11 तर नम्रहरूले देश अधिकार गर्नेछन्,
12 दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्,
13 तर प्रभु दुष्टहरूमाथि हाँस्नुहुन्छ;
14 दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न,
15 तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेडिनेछ,
16 दुष्टहरूका धेरै सम्पत्तिभन्दा
17 किनकि दुष्टहरूको शक्ति तोडिनेछन्,
18 निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्,
19 आपत्को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्;
20 तर दुष्टहरूचाहिँ नष्ट हुनेछन्:
21 दुष्टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्;
22 याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्;
23 याहवेहमा आनन्दित हुने मानिसका
24 त्यसले ठेस खाए तापनि त्यो लड्नेछैन;
25 म जवान थिएँ र अहिले वृद्ध भएको छु;
26 तिनीहरू सधैँ उदार चित्तका हुन्छन्, र खुल्ला मनले दिन्छन्;
27 दुष्टताबाट फर्क र भलाइ गर;
28 किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ,
29 धर्मी जनहरूले देशमा अधिकार गर्नेछन्,
30 धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्,
31 त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ;
32 दुष्टले धर्मीको बाटोमा पासो थापेर बस्छ,
33 तर याहवेहले धर्मी जनलाई दुष्टहरूको शक्तिमा छोड्नुहुनेछैन,
34 याहवेहमा आशा गर
35 मैले एक जना दुष्ट र निर्दयी मानिसलाई
36 तर त्यो चाँडै मर्यो, र यसको ठाउँमा केही पनि रहेन;
37 निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर;
38 तर सबै पापीहरू नष्ट हुनेछन्;
39 धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ;
40 याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ;