1 हे याहवेह, मैले तपाईंमा शरण लिएको छु;
2 मेरो पुकार सुन्न आफ्नो कान मतिर फर्काउनुहोस्;
3 तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुभएकोले,
4 मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्;
5 तपाईंकै हातमा मेरो आत्मा सुम्पन्छु;
6 व्यर्थका मूर्तिहरूमा मन लगाउनेहरूलाई म घृणा गर्दछु;
7 म तपाईंको अचुक प्रेममा आनन्दित र हर्षित हुनेछु,
8 तपाईंले मलाई शत्रुका हातमा पर्न दिनुभएको छैन;
9 हे याहवेह, ममाथि कृपालु हुनुहोस्; किनकि म सङ्कष्टमा परेको छु;
10 मेरो जीवन वेदनामा जलेको छ,
11 मेरा सारा शत्रुहरूका कारणले गर्दा,
12 मरिसकेको मानिसलाई झैँ मलाई तिनीहरूले बिर्सेका छन्;
13 किनकि धेरैले मेरो विरुद्धमा कानेखुसी गरेको मैले सुनेको छु,
14 तर हे याहवेह, म तपाईंमा नै भरोसा राख्छु;
15 मेरा समयहरू तपाईंकै हातमा छन्;
16 तपाईंको मुहार आफ्नो सेवकमाथि चम्काउनुहोस्;
17 हे याहवेह, मैले शर्माउन नपरोस्,
18 तिनीहरूका झूटो बोल्ने ओठहरू चुप होऊन्,
19 तपाईंका भलाइ कति प्रशस्त छन्,
20 तपाईंको उपस्थितिको छहारीमा,
21 याहवेहको प्रशंसा होस्;
22 म आत्तिएको बेलामा मैले भनेँ,
23 हे सबै विश्वासयोग्यहरू हो, याहवेहलाई प्रेम गर।
24 हे सबै याहवेहमा आशा राख्नेहरू हो,