1 बुद्धिले आफ्नो घर बनाएको छ;
2 त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ,
3 त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ,
4 “सोझाहरू सबै मेरो घरभित्र आओ!”
5 “आओ, मसँग खाओ,
6 आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।”
7 गिल्ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ,
8 गिल्ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ;
9 बुद्धिमान्लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ;
10 याहवेहको भय नै बुद्धिको सुरुवात हो,
11 किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ,
12 यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ;
13 अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे;
14 त्यो आफ्नो घरको ढोकामा बस्छे,
15 आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई
16 “सोझाहरू सबै मेरो घरभित्र आओ!”
17 “चोरीको पानी मिठो हुन्छ,
18 तर तिनीहरूले त्यहाँ मृतकहरू छन्,