1 हृदयका योजनाहरू मानिसका हुन्;
2 हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ;
3 तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ,
4 याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ;
5 हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ;
6 प्रेम र सत्यताद्वारा पापको प्रायश्चित हुन्छ;
7 जब कुनै मानिसको जीवन याहवेहको दृष्टिमा मनपर्दो हुन्छ,
8 बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा,
9 मानिसले हृदयमा आफ्नो योजना बनाउँछ;
10 राजाको ओठले ईश्वरवाणी बोल्दछ;
11 ठिक तराजु र तौल याहवेहकै हुन्,
12 राजाहरूले कुकर्मलाई घृणा गर्दछन्,
13 राजाहरूले इमानदार ओठलाई मन पराउँछन्;
14 राजाको क्रोध मृत्युको दूत हो,
15 जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ;
16 सुनभन्दा बुद्धि प्राप्त गर्नु,
17 धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ;
18 विनाशको अगि अहङ्कार आउँछ,
19 अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा
20 जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्नति हुन्छ,
21 हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्,
22 समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो,
23 बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ,
24 मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्,
25 कुनै बाटो मानिसलाई ठिक लाग्ला,
26 परिश्रमीको पेटले त्यसलाई काम गर्न लगाउँछ;
27 बदमासले दुष्ट युक्ति रच्दछ;
28 भ्रष्ट मानिसले विवाद उत्पन्न गराउँछ,
29 उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ,
30 आफ्नो आँखा झिम्काउनेले षड्यन्त्र रचेको हुन्छ;
31 फूलेको केश शोभाको मुकुट हो,
32 धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो,
33 चिट्ठा त हालिन्छ,