Josué 12

NPIONCB

1 यी तिनै राजाहरू हुन्, जो यर्दनको अराबाको पूर्वमा थिए, जसलाई इस्राएलीहरूले जिते, र तिनीहरूको देश कब्जा गरे। तिनीहरूको भूभागको सिमाना अर्नोन घाटीदेखि हेर्मोन पर्वतसम्म, र सम्पूर्ण भूमि समावेश थियो:

2 एमोरीहरूका राजा सीहोन, जसले हेश्बोनमा राज्य गर्थे।

3 तिनले गालील समुद्रदेखि अराबा समुद्र (खारा समुद्र) सम्म र पूर्वीय अराबामा बेथ-यशीमोत र त्यसपछि पिसगाको भिरालोमुनि दक्षिणको भागसम्म शासन गर्थे।

4 अनि बाशानका राजा ओगको इलाका, जो रपाईहरूका आखिरी पुस्ता मध्येका एक जना थिए; जसले अस्तारोत र एद्रईमा राज्य गर्थे।

5 तिनले हेर्मोन पर्वत, सलेका र सारा बाशानमा गेशूरीहरू र माकातीहरूको सिमानासम्म, अनि हेश्बोनका राजा सीहोनको सिमानासम्म र गिलादको आधा भागसम्म शासन गर्थे।

6 याहवेहका सेवक मोशा र इस्राएलीहरूले तिनीहरूलाई जिते। अनि याहवेहका सेवक मोशाले ती राजाहरूका देश; रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई तिनीहरूको पैतृक सम्पत्तिको रूपमा दिए।

7 यहोशू र इस्राएलीहरूले यर्दनको पश्‍चिमपट्टि लेबनानको बेँसीमा भएको बाल-गाददेखि सेइरको उकालोतिर जाने हालाक पर्वतसम्म जितेका राजाहरू यिनै हुन्। तिनीहरूका देशहरू यहोशूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा तिनीहरूलाई दिए।

8 ती भूमिहरू, पहाडी मुलुक, पश्‍चिमी फेदीहरू, अराबा, पर्वतीय भिरहरू, उजाडस्थान र दक्षिणी भागहरू हुन्। ती देशहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूका थिए:

9 यरीहोको राजा, एक,

10 यरूशलेमको राजा, एक,

11 यर्मूतको राजा, एक,

12 एग्लोनको राजा, एक,

13 दबीरको राजा, एक,

14 होर्माको राजा, एक,

15 लिब्नाको राजा, एक,

16 मक्‍केदाको राजा, एक,

17 तप्पूहको राजा, एक,

18 अपेकको राजा, एक,

19 मादोनको राजा, एक,

20 शिम्रोन-मेरोनको राजा, एक,

21 तानाकको राजा, एक,

22 केदेशको राजा, एक,

23 नापोथमा डोरको राजा, एक,

24 तिर्साको राजा एक।

Ler em outra tradução

Comparar lado a lado