Josué 13

NPIONCB

1 जब यहोशू धेरै वृद्ध भए, तब याहवेहले तिनलाई भन्‍नुभयो, “तँ धेरै वृद्ध भएको छस्। तर अधिकार गर्नुपर्ने देशहरू अझ धेरै छन्।

2 “बाँकी रहेका देशहरू यिनै हुन्:

3 इजिप्टको पूर्वमा पर्ने शीहोर नदीदेखि उत्तरमा पर्ने एक्रोनका इलाकासम्म। यी इलाकाहरू कनानीहरूको भागमा गनिन्छ। यद्यपि त्यहाँ पाँच पलिश्ती शासकहरूले गाजा, अश्दोद, अश्कलोन, गित्ती र एक्रोनमा शासन गर्छन्।

4 दक्षिणमा;

5 गबालीहरूको इलाका; समस्त पूर्वको लेबनान, हेर्मोन पर्वतको मुन्तिरको बाल-गाददेखि लेबो-हमातसम्म।

6 “लेबनानदेखि मिस्रापोत-मैमसम्मका पहाडी क्षेत्रका सबै बासिन्दाहरू अर्थात् सीदोनीहरू, तिनीहरूलाई म आफैँले इस्राएलीहरूको सामुबाट निकालिदिनेछु। मैले तँलाई निर्देशन दिएअनुसार निश्‍चित रूपमा यो देश इस्राएलीहरूका निम्ति उत्तराधिकारस्वरूप छुट्याउनू।

7 अनि यसलाई नौ वटा कुलहरू र मनश्शेका आधा कुलको बीचमा उत्तराधिकारको रूपमा बाँडिदिनू।”

8 याहवेहका सेवक मोशाले तिनीहरूलाई अगिबाटै तोकिदिएअनुसार मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले यर्दनको पूर्वपट्टिका प्रान्तहरू उत्तराधिकारको रूपमा पाएका थिए।

9 यो अर्नोनको घाटीको किनारमा भएको अरोएरदेखि घाटीको बीचमा भएको सहरसम्म फैलिएको थियो। अनि यसमा दीबोनसम्मै मेदेबाको पठार पनि सामेल थियो।

10 अनि अम्मोनीहरूको सिमानासम्म एमोरीहरूका राजा सीहोनका सबै सहरहरू, जसले हेश्बोनमा राज्य गर्नेगर्थे।

11 यसमा गेशूरी र माकातीहरूको इलाका गिलाद, सम्पूर्ण हेर्मोन पर्वत र सलेकासम्मै समस्त बाशान पनि पर्दथ्यो।

12 अर्थात् अस्तारोत र एद्रईमाथि शासन गर्ने रपाईहरूका आखिरी पुस्ताहरूमध्येका एक जना बाशानका राजा ओगको समस्त राज्य पर्दथ्यो। मोशाले तिनीहरूलाई जितेर तिनीहरूका देश लिएका थिए।

13 तर इस्राएलीहरूले गेशूरी र माकातीहरूलाई धपाएनन्। यसकारण तिनीहरू आजको दिनसम्म इस्राएलीहरूका बीचमा बसोबास गर्दैआएका छन्।

14 तर मोशाले लेवीको कुललाई चाहिँ कुनै उत्तराधिकारको भाग दिएनन्। किनकि याहवेह इस्राएलका परमेश्‍वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, उहाँलाई चढाएका अन्‍नबलिहरू तिनीहरूको उत्तराधिकारको भाग थियो।

15 मोशाले रूबेनको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्:

16 अर्नोनको घाटीको किनारमा भएको अरोएरको इलाका र घाटीको बीचमा भएको सहर र मेदेबा पारिको समस्त पठारदेखि

17 हेश्बोन र पठारमा भएका सबै सहरहरू, जसमा दीबोन, बामोत-बाल, बेथ-बालमोन सामेल थिए।

18 यहसा, कदेमोत, मेपात,

19 किर्यातैम, सिब्मा, पहाडी बेँसीको सेरेथ-शेहार,

20 बेथ-पोर, पिसगाको भिरालो पाखो र बेथ-यशीमोत,

21 पठारका सबै सहरहरू र हेश्बोनमा शासन गर्ने एमोरीहरूको राजा सीहोनका सबै राज्यहरू। मोशाले तिनलाई र मिद्यानका मुखियाहरू एवी, रेकेम, सूर, हूर र रेवा त्यस देशमा बस्‍ने राजकुमारहरू जो सीहोनसँग मिलेका थिए, तिनीहरूलाई जितेका थिए।

22 लडाइँमा मारिएकाहरूबाहेक, इस्राएलीहरूले बालामको छोरा बओरलाई तरवारले मारे, जसले जोखना हेर्ने गर्थे।

23 रूबेनीहरूको सिमाना यर्दन नदीको किनार थियो। यी सहरहरू र गाउँहरूचाहिँ रूबेनीहरूका वंशअनुसार उत्तराधिकारको भाग थियो।

24 मोशाले गादको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्:

25 याजेरको इलाका, गिलादका सबै सहरहरू रब्बाको नजिक अरोएरसम्मको अम्मोनीको आधा देश;

26 अनि हेश्बोनदेखि रामत-मिस्पा र बेतोनीमसम्म, र महनाइमदेखि दबीरको इलाकासम्म;

27 अनि बेँसीमा, बेथ-हाराम, बेथ-निम्रा, सुक्‍कोत र सापोनसँगै हेश्बोनको राजा सीहोनका बाँकिरहेको राज्यसम्म (यर्दनको पूर्वपट्टिको गालीलको समुद्रको अन्त्यसम्म)।

28 वंशअनुसार यी सहरहरू र तिनीहरूका गाउँहरू गादीहरूको पैतृक सम्पत्ति थियो।

29 मनश्शेको वंशअनुसार यसको आधा कुललाई, अर्थात् मनश्शेका सन्तानहरूका आधा परिवारलाई मोशाले दिएका भूमि यिनै थिए:

30 महनाइमदेखि बाशानको समस्त इलाकासम्म फैलिएको, बाशानका राजा ओगका समस्त राज्य, बाशानमा भएका याईरका सबै गाउँहरू, साठी वटा सहरहरू,

31 गिलादको आधा भाग र अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)।

32 यरीहोको पूर्वमा भएको यर्दनपारि मोआबको मैदानमा हुँदा मोशाले दिएको उत्तराधिकारको भाग यही थियो।

33 तर लेवीको कुललाई चाहिँ मोशाले कुनै उत्तराधिकारको भाग दिएका थिएनन्। तिनले उनीहरूलाई प्रतिज्ञा गरेझैँ, याहवेह इस्राएलका परमेश्‍वर नै तिनीहरूका उत्तराधिकारको भाग हुनुभयो।

Ler em outra tradução

Comparar lado a lado