1 “हे इस्राएल, यदि तिमीहरू फर्किआउन चाहन्छौ भने,
2 अनि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा
3 यरूशलेम र यहूदाका मानिसहरूलाई याहवेह यसो भन्नुहुन्छ:
4 हे यरूशलेम र यहूदाका मानिसहरू हो,
5 “यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूलाई यसो भनेर घोषणा गर:
6 सियोनतिर जाने झण्डा उठाओ!
7 एउटा सिंह, जो आफ्नो ओडारबाट निस्किआएको छ;
8 यसकारण भाङ्ग्रा लगाएर
9 याहवेह घोषणा गर्नुहुन्छ, “त्यो दिन,
10 तब मैले भनेँ, “हे प्रभु याहवेह, ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर यिनीहरू र यरूशलेमका मानिसहरूलाई पूर्ण रूपले कसरी धोका दिनुभएको छ; किनकि तरवार हाम्रा घाँटीसम्म नै छ!”
11 त्यस बेला यी मानिसहरू र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका अग्ला बाँझो ठाउँहरूबाट एउटा प्रचण्ड तातो बतास मेरा मानिसहरूतिर बहनेछ, तर त्यो बतास निफन्नलाई वा सफा पार्नलाई होइन;
12 किनकि मबाट आउने बतास अति शक्तिशाली हुनेछ। अब म यहूदाका मानिसहरूमाथि मेरो दण्ड घोषणा गर्नेछु।”
13 हेर! उहाँ बादलझैँ अगि बढ्नुहुन्छ,
14 हे यरूशलेम, तेरो हृदयबाट दुष्ट कुराहरू धोएर पखाल्, तब तँ बाँच्नेछेस्।
15 दानबाट एउटा आवाजले घोषणा गर्दैछ;
16 “यो कुरा राष्ट्रहरूलाई भन्,
17 मानिसहरूले खेतको रक्षा गरेझैँ तिनीहरूले यरूशलेमलाई घेर्नेछन्;
18 “तेरा आफ्नै चाल र कामहरूले
19 हाय, मेरो पीडा! मेरो पीडा!
20 विनाशपछि विनाश आउँछ;
21 मैले कहिलेसम्म लडाइँको झण्डा हेरिरहूँ,
22 “मेरा मानिसहरू मूर्ख छन्;
23 मैले पृथ्वीतिर हेरेँ,
24 मैले डाँडाहरूतिर हेरेँ,
25 मैले हेरेँ, र त्यहाँ कोही पनि मानिसहरू थिएनन्;
26 मैले हेरेँ, र फलदायी जमिन मरुभूमि भएको थियो;
27 याहवेह यसो भन्नुहुन्छ:
28 यसकारण पृथ्वीले शोक गर्नेछ,
29 घोडचढी र धनुर्धारीहरूको आवाज सुनेर
30 हे उजाड पारिएकी यरूशलेम, तँ के गर्दैछेस्?
31 म प्रसुती वेदनामा परेकी स्त्रीको रोदनजस्तै सुन्छु;