1 “यदि कुनै मानिसले आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद गर्यो
2 “बाँझो पहाडहरूतिर आँखा उठाएर हेर्।
3 यसकारण झरी रोकिएको छ;
4 के तैँले मलाई भर्खरै यसरी पुकारिनस्,
5 के तपाईं सधैँ रिसाइरहनुहुनेछ?
6 राजा योशियाहको शासनकालमा याहवेहले मलाई भन्नुभयो, “इस्राएलले कस्तो विश्वासघाती काम गरेको छ, के तैँले देखेको छस्? इस्राएल प्रत्येक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि गएर त्यसले त्यहाँ व्यभिचार गरेकी छे।
7 इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्वासी बहिनी यहूदाले यो कुरा देखी।
8 मैले अविश्वासी इस्राएललाई त्यसको सम्बन्ध-विच्छेदको त्यागपत्र दिएँ र त्यसको व्यभिचारको कारण त्यसलाई टाढा पठाइदिएँ। तापनि त्यसकी अविश्वासी बहिनी यहूदा डराइन; त्यो पनि गई र व्यभिचार गरी।
9 किनकि इस्राएलको अनैतिक चरित्र त्यसको निम्ति केहीजस्तो लागेन, त्यसले ढुङ्गा र काठसित व्यभिचार गरेर देशलाई बिटुलो पारेकी छे।
10 यी सबै कुरा भएर पनि त्यसकी विश्वासघाती बहिनी यहूदा मतिर सम्पूर्ण हृदयले होइन, तर त्यसले फर्केको बहाना मात्र गरेकी छे,” याहवेह घोषणा गर्नुहुन्छ।
11 याहवेहले मलाई भन्नुभयो, “अविश्वासी इस्राएल अविश्वासी यहूदाभन्दा बढी धर्मी छ।
12 जा, उत्तरतिर यो सन्देश घोषणा गर्:
13 तैँले आफ्नो दोष मात्र स्वीकार गर्,
14 याहवेह घोषणा गर्नुहुन्छ, “हे अविश्वासी मानिसहरू हो, फर्क! किनकि म तिमीहरूको पति हुँ। म तिमीहरूलाई एउटा सहरबाट एक जनालाई र एउटा वंशबाट दुई जना गरेर छान्नेछु—अनि म तिमीहरूलाई सियोनमा ल्याउनेछु।
15 त्यसपछि म तिमीहरूलाई मेरो हृदयअनुसारको गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझकासाथ डोर्याउनेछन्।
16 ती दिनहरूमा, जब देशमा तिमीहरूको संख्या धेरै बढ्नेछ,” तब याहवेह घोषणा गर्नुहुन्छ, “मानिसहरूले ‘याहवेहको करारको सन्दुक’ भनेर फेरि कहिल्यै भन्नेछैनन्, न त फेरि कहिल्यै याद गर्नेछन्; त्यो तिनीहरूका मनमा सम्झनास्वरूप कहिल्यै आउनेछैन, न त त्योजस्तै फेरि अर्को कहिल्यै बनाइनेछ।
17 त्यस बेला मानिसहरूले यरूशलेमलाई याहवेहको सिंहासन भन्नेछन्; अनि सबै जातिका मानिसहरू याहवेहको नामलाई आदर गर्न यरूशलेममा भेला हुनेछन्। तिनीहरू फेरि आफ्ना दुष्ट हृदयको हठीपनाको पछि लाग्नेछैनन्।
18 ती दिनहरूमा यहूदाका घराना, इस्राएलको घरानासित मिल्नेछ; अनि तिनीहरू एकसाथ उत्तरी देशबाट मैले उत्तराधिकारको रूपमा तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा आउनेछन्।
19 “म याहवेह आफैँले भनेको हुँ,
20 तर आफ्नो पतिप्रति अविश्वासी रहेकी पत्नीझैँ,
21 नाङ्गा डाँडाहरूमा एउटा रोदन सुनिन्छ;
22 “हे अविश्वासी मानिसहरू हो, फर्क!
23 “निश्चय नै डाँडाहरूमा मूर्तिपूजाको होहल्ला छ,
24 हाम्रो जवान अवस्थाबाट नै लाजमर्दो देवी-देवताहरूले
25 हामी आफ्नो लाजमा घोप्टो परौँ;