1 याहवेहले मलाई यसो भन्नुभयो: “जा, गएर एउटा सुतीको पटुका किन् र त्यसलाई आफ्नो कम्मरमा बाँध्, तर त्यसलाई पानीले भिज्न नदे।”
2 यसकारण याहवेहले हुकुम गर्नुभएझैँ मैले एउटा सुतीको पटुका किनेँ र आफ्नो कम्मरमा बाँधेँ।
3 तब याहवेहको वचन दोस्रोपल्ट मकहाँ आयो:
4 “तैँले किनेको तेरो कम्मरमा बाँधिराखेको पटुका लिएर अब परात नदीमा जा, र त्यसलाई त्यहाँ चट्टानको एउटा दुलोमा लुकाइराख्।”
5 यसकारण याहवेहले मलाई भन्नुभएझैँ म परातमा गएँ, र त्यस पटुकालाई चट्टानमा लुकाएँ।
6 केही दिनपछि याहवेहले मलाई भन्नुभयो, “परातमा जा, र मैले तँलाई लुकाउन लगाएको पटुका त्यहाँबाट लिएर आइज।”
7 यसकारण म परातमा गएँ, र मैले पटुकालाई लुकाइराखेको ठाउँबाट खनेर निकालेँ, तर त्यो पटुका मक्किएर कामै नलाग्ने भएको पाएँ।
8 तब याहवेहको वचन मकहाँ आयो:
9 “याहवेह यसो भन्नुहुन्छ: ‘ठिक यसरी नै म यहूदाको र यरूशलेमको घमण्डलाई नष्ट गर्नेछु।
10 यी दुष्ट मानिसहरू, जसले मेरा वचन सुन्न इन्कार गर्छन्; तिनीहरू आफ्ना हृदयलाई कठोर पार्दै अरू देवी-देवताको पूजा गर्न र सेवा गर्न जान्छन्। यस्ता मानिसहरू यही पटुकाजस्तै पूर्ण रूपले केही कामको हुँदैनन्!
11 किनकि मानिसले पटुका कम्मरमा बाँधेझैँ, मैले इस्राएलको र यहूदाको सम्पूर्ण घरानालाई मेरो ख्याति, प्रशंसा र सम्मानको निम्ति प्रजा हुनेछन् भनी मैले तिनीहरूलाई आफ्नो कम्मरमा बाँधेँ, तर तिनीहरूले मेरो आज्ञापालन गरेनन्,’ याहवेह घोषणा गर्नुहुन्छ।
12 “यसकारण तिनीहरूलाई भन्: ‘याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हरेक मशक दाखमद्यले भरिएको हुनुपर्छ।’ अनि तिनीहरूले यदि तँलाई, ‘प्रत्येक मशक दाखमद्यले भरिनुपर्छ भन्ने कुरा के हामीलाई थाहा छैन?’ भनी भनेछन् भने,
13 तब तिनीहरूलाई यसरी भन्, ‘याहवेह यसो भन्नुहुन्छ: दावीदको सिंहासनमा बस्ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरू सबैलाई र यस देशका बासिन्दाहरू सबैलाई म दाखमद्यले मताइदिनेछु।
14 म तिनीहरूलाई आमाबुबाहरू र छोराछोरीहरू समेतलाई एक-अर्काको विरुद्धमा जुधाइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। मलाई दया, माया, कृपा अथवा कुनै पनि कुराले तिनीहरूलाई सर्वनाश गर्नबाट रोक्न सक्दैन।’ ”
15 सुन, र ध्यान देओ,
16 परमेश्वरले अन्धकार ल्याउन अगि,
17 तर तिमीहरूले अझै पनि सुन्न इन्कार गर्यौ भने,
18 राजा र राजमातालाई भन्:
19 दक्षिणमा भएका सहरहरू घेरामा पर्नेछन्;
20 आफ्ना आँखा उठाएर
21 तैँले विशेष मित्रझैँ मानेकोलाई नै,
22 अनि यदि तैँले “मलाई किन यस्तो भयो?”
23 के कूशी मानिसले आफ्नो छाला
24 “मरुभूमिको बतासले उडाइदिएको भुसजस्तै
25 तेरो भाग यही हो,
26 म तेरो फरिया उचालेर तेरो मुखमा पुर्याइदिनेछु,
27 तैँले गरेको व्यभिचार र तेरो कामुकताको हिनहिनाइ,