1 खडेरीको बारेमा यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
2 “यहूदा विलाप गर्छ,
3 कुलिन मानिसहरूले आफ्ना नोकरहरूलाई पानी लिन पठाउँछन्;
4 देशमा वर्षा नभएको कारण
5 घाँस नभएको कारणले
6 जङ्गली गधाहरू अग्ला नाङ्गा डाँडाहरूमा उभिन्छन्
7 हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिए तापनि
8 हे याहवेह, तपाईं इस्राएलको आशा हुनुहुन्छ,
9 तपाईं किन अचम्ममा परेको मानिसजस्तै,
10 यस जातिको विषयमा याहवेह यसो भन्नुहुन्छ:
11 तब याहवेहले मलाई भन्नुभयो, “यी मानिसहरूको भलाइको निम्ति प्रार्थना नगर्।
12 तिनीहरूले उपवास बसे तापनि म तिनीहरूको विलौना सुन्नेछैन; तिनीहरूले होमबलि र अन्नबलि चढाए तापनि म खुशी हुनेछैन। त्यसको सट्टा म तिनीहरूलाई तरवार, अनिकाल र रूढीले नाश गर्नेछु।”
13 तर मैले भनेँ, “हे, प्रभु याहवेह! अगमवक्ताहरूले तिनीहरूलाई यसो भनिरहेका छन्, ‘तिमीहरूले तरवार र अनिकाल देख्नेछैनौ। अवश्य नै याहवेह परमेश्वरले तिमीहरूलाई यस ठाउँमा अनन्तको शान्ति दिनुहुनेछ।’ ”
14 तब याहवेहले मलाई भन्नुभयो, “ती अगमवक्ताहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। मैले न तिनीहरूलाई पठाएको हुँ, न त नियुक्त नै गरेको हुँ, न त तिनीहरूसँग नै बोलेको छु। तिनीहरूले तिमीहरूसँग आफ्नै मनका झूटा दर्शनहरू, तन्त्रमन्त्रहरू, मूर्तिपूजाहरू र मनका भ्रमात्मक कुराहरू अगमवाणी गरिरहेका छन्।
15 यसकारण याहवेहले उहाँको नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूको विषयमा यसो भन्नुहुन्छ: मैले तिनीहरूलाई पठाएको होइनँ, तर पनि तिनीहरूले यसो भनिरहेका छन्, ‘यस देशलाई कुनै तरवारले अथवा अनिकालले छुनेछैन।’ यसकारण ती अगमवक्ताहरू तरवार र अनिकालले नाश हुनेछन्।
16 अनि ती झूटा अगमवक्ताहरूले अगमवाणी गरिरहेका मानिसहरू अनिकाल र तरवारको कारण यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्। तिनीहरू, तिनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई गाड्ने कोही पनि हुनेछैनन्। म तिनीहरूले भोग्नुपर्ने विपत्ति तिनीहरूमाथि खन्याइदिनेछु।
17 “तैँले तिनीहरूलाई यो वचन भन्नू:
18 यदि म देशभित्र गएँ भने,
19 हे परमेश्वर, के तपाईंले यहूदालाई पूर्ण रूपले त्याग्नुभएको छ?
20 हे याहवेह, हामी आफ्ना दुष्टता
21 तर तपाईंको नामको खातिर हामीलाई घृणा नगर्नुहोस्;
22 के जातिहरूका कामै नलाग्ने मूर्तिहरूले वर्षा ल्याउन सक्छन् र?