Jó 5

NPIONCB

1 “यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र?

2 रिसले मूर्खलाई मार्छ,

3 म आफैँले मूर्खले जरा गाडेको देखेको छु,

4 त्यसका छोराछोरीहरू असुरक्षित छन्;

5 त्यसको अन्‍नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्,

6 किनकि कठिनाइ माटोबाट उम्रँदैन,

7 तरै पनि आगोको झिल्का माथि उडेझैँ

8 “तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्‍वरलाई बिन्ती चढाउनेथिएँ;

9 परमेश्‍वरले हामीले बुझ्नै नसकिने अद्‌भुत कार्यहरू,

10 उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ;

11 उहाँले नम्रहरूलाई उच्‍च पार्नुहुन्छ,

12 उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ,

13 उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ;

14 तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछ;

15 उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ;

16 त्यसकारण गरिबको निम्ति आशा छ;

17 “धन्यको हो त्यो मानिस, जसलाई परमेश्‍वरले सुधार गर्नुहुन्छ;

18 किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ;

19 उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ;

20 उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट,

21 तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ,

22 तपाईं विनाश र अनिकालमा हास्‍नुहुनेछैन;

23 किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ;

24 तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ;

25 तपाईंका छोराछोरी धेरै हुनेछन्,

26 ठिक ऋतुमा बाली बटुलेझैँ,

27 “हामीले यी कुरा जाँचेका छौँ, र यो सत्य हो।

Ler em outra tradução

Comparar lado a lado