1 “मैले कुनै कन्यालाई कामुक दृष्टिले नहेर्ने भनी
2 किनकि हाम्रो निम्ति स्वर्गबाट परमेश्वरले ठहराउनुभएको भाग,
3 के दुष्ट मानिसहरूका निम्ति विनाश,
4 के उहाँले मेरा मार्गहरू देख्नुहुन्न
5 “यदि म झूटो मार्गमा हिँडेको छु भने
6 परमेश्वरले मलाई न्यायको तराजुमा तौलून्,
7 यदि मेरा पाइलाहरू सोझो मार्गबाट तर्केका छन् भने,
8 तब मैले छरेका अन्नहरू कसैले खाओस्,
9 “यदि मेरो हृदय कुनै स्त्रीद्वारा मोहित पारेको भए,
10 मेरी पत्नीले अर्कै मानिसको जाँतो पिँध्न परोस्,
11 किनकि त्यो घोर कुकर्म हो;
12 किनकि यो त जलेर भस्म पार्ने आगो हो;
13 “मेरा कुनै पनि सेवकहरूले गुनासो गर्दा,
14 परमेश्वरसँग मेरो सामना हुँदा म के गरूँ?
15 के मलाई आमाको गर्भमा बनाउनुहुनेले नै तिनीहरूलाई पनि बनाउनुभएको होइन र?
16 “यदि मैले गरिबहरूका इच्छालाई इन्कार गरेको भए,
17 यदि मैले आफ्नो लागि मात्र खानेकुरा राखेको भए,
18 तर मैले आफ्नो कलिलै उमेरदेखि बुबाले जस्तै गरी तिनीहरूलाई हुर्काएँ,
19 यदि मैले कोही लुगा नभएर नष्ट भइरहेको देख्दा,
20 अनि मेरो भेडाको ऊनले तिनीहरूलाई न्यानो पार्दा
21 यदि मैले अदालतमा मेरो प्रभाव छ भनेर,
22 त्यसो हो भने मेरा पाखुरा कुमबाट खुस्किजाओस्,
23 किनकि परमेश्वरबाटको विनाशसँग म त्रसित थिएँ,
24 “यदि मैले मेरो भरोसा सुनमाथि राखेको छु भने
25 यदि म आफ्नो प्रशस्त धनसम्पत्तिमा,
26 यदि मैले सूर्यको प्रतापलाई
27 जसले गर्दा मेरो हृदय गोप्य रूपमा तिनीहरूतर्फ मोहित हुनेथिए,
28 त्यसो भएको भए यो न्याय गरिने योग्यका पाप हुनेथिए;
29 “यदि म आफ्नो शत्रुहरूका दुर्भाग्यमा रमाएको भए,
30 मैले तिनीहरूको जीवनको विरुद्ध श्राप दिएर
31 यदि मेरो घरानाका मानिसहरूले कहिल्यै यसो नभनेको भए,
32 तर कुनै पनि परदेशीले सडकमा रात बिताउनु पर्दैनथ्यो;
33 के मैले अरू मानिसहरूले जस्तै मेरो हृदयमा मेरो दोष लुकाएर
34 म भीडसँग धेरै डराएर,
35 (“अहो, मेरो कुरा सुनिदिने कोही भइदिए त!
36 निश्चय नै म त्यो मेरो काँधमा बोकेर हिँड्नेथिएँ,
37 म उहाँलाई मेरो हरेक पाइलाको हिसाब दिनेथिएँ;
38 “यदि मेरो जमिन मेरो विरुद्धमा कराउँथ्यो,
39 यदि मैले त्यसको फसल रकम नतिरी खाएको छु भने
40 त्यसो भए गहुँको सट्टामा काँडैकाँडा,