1 यसरी ती तीन जना मानिसहरूले इयोबलाई जवाफ दिन छोडे; किनकि तिनी आफ्नै दृष्टिमा धर्मी थिए।
2 तर रामका परिवारका बूजी बारकेलका छोरा एलिहू इयोबसँग धेरै रिसाए; किनकि तिनले परमेश्वरलाई भन्दा आफूलाई धर्मी ठहराइरहेका थिए।
3 तिनी तिनका तीन जना मित्रहरूसँग पनि रिसाए; किनकि तिनीहरूले इयोबलाई खण्डन गर्ने कुनै कुरा पाएका थिएनन्, र पनि तिनलाई दोषी नै ठहराइरहेका थिए।
4 तब इयोब बोलुन्जेल एलिहूले पर्खेर बसे; किनकि तिनीहरू उनीभन्दा बढी उमेरका थिए।
5 तर ती तीन जना मानिससँग इयोबलाई जवाफ दिन कुनै कुरा नभएको देखेर एलिहूलाई धेरै रिस उठेको थियो।
6 यसकारण बूजी बारकेलका छोरा एलिहूले भने:
7 ‘पाका उमेरकाहरूले बोल्नुपर्छ,
8 तर यो त मानिसमा हुनुहुने आत्माले;
9 ठूला मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्,
10 “यसैकारण म भन्दछु: मेरो कुरा सुन्नुहोस्;
11 तपाईंहरू बोल्नुहुँदा मैले पर्खेँ,
12 मैले तपाईंहरूलाई पूरा ध्यान दिएँ।
13 तपाईंहरूले यसरी नभन्नुहोस्, ‘हामीले बुद्धि भेट्टाएका छौँ;
14 तर इयोबका तर्कहरू मेरो विरुद्धमा थिएनन्;
15 “तिनीहरू हैरान भए; र तिनीहरू अक्क न बक्क भए;
16 अहिले तिनीहरू जवाफरहित भएर उभिएका छन्;
17 मसँग पनि मैले भन्नुपर्ने कुराहरू छन्;
18 किनकि मसँग प्रशस्त शब्दहरू छन्,
19 म भित्रभित्रै उकुसमुकुस भएर बिर्को लगाइएको मद्यको बोतलजस्तै भएको छु;
20 मैले बोल्नैपर्छ; र मन हल्का पार्नैपर्छ;
21 म पक्षपात गर्नेछैनँ,
22 किनकि यदि म चापलुसी गर्न सिपालु भएको भए,