1 तब बिल्दद शुहीले जवाफ दिए:
2 “प्रभुत्व र श्रद्धा परमेश्वरकै हुन्;
3 के उहाँका सेनाहरूलाई गन्न सकिन्छ?
4 त्यसो भए कसरी मरणशील मानिस परमेश्वरको अगि धर्मी हुन सक्छ?
5 उहाँको दृष्टिमा त चन्द्रमा पनि चहकिलो छैन,
6 मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो—