1 तब इयोबले जवाफ दिए:
2 “मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्;
3 म बोल्दा तपाईंहरूले मलाई सहिदिनुहोस्,
4 “के मेरो गुनासो मानिसहरूसँगको हो र?
5 मलाई हेर्नुहोस् र अचम्म मान्नुहोस्;
6 जब म यो कुरा सोच्दछु, म त्रसित हुन्छु;
7 दुष्ट मानिसहरू किन दीर्घायु हुन्छन्,
8 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूकै वरिपरि स्थापित भएका
9 तिनीहरूका घरहरू सुरक्षित र भयरहित छन्;
10 तिनीहरूका साँढेहरू प्रजनन्मा कहिल्यै असफल हुँदैनन्;
11 तिनीहरूका छोराछोरीहरू भेडाका बगालजस्तै दौडन्छन्;
12 तिनीहरूले खैँजडी र वीणाको सङ्गीतमा गाउँछन्;
13 तिनीहरूले आफ्ना वर्षहरू सम्पन्नतामा बिताउँछन्,
14 तापनि तिनीहरूले परमेश्वरलाई भन्छन्, “हामीलाई एकलै छाडिदिनुहोस्!
15 सर्वशक्तिमान् को हुनुहुन्छ र हामी उहाँको सेवा गरौँ?
16 तर तिनीहरूको उन्नति तिनीहरूको आफ्नो हातमा छैन,
17 “तरै पनि दुष्ट मानिसको बत्ती कति पटक निभ्छ र?
18 तिनीहरू कति पटक बतासको अगाडिको परालजस्तै,
19 यसो भनिएको छ, ‘परमेश्वरले दुष्ट मानिसहरूको दण्ड तिनका छोराछोरीहरूका
20 तिनीहरूका आफ्नै आँखाहरूले आफ्नो विनाश देखून्;
21 जब तिनीहरूका तोकिएका महिनाहरू समाप्त हुन्छन्,
22 “यदि परमेश्वरले सर्वोच्चमा हुनेलाई समेत न्याय गर्नुहुन्छ भने,
23 कोही मानिस मृत्युको दिनसम्म स्वस्थ रहन्छ,
24 हृष्टपुष्ट शरीरमा,
25 तर कोही मानिस भने असल कुराहरूको कहिल्यै उपभोग गर्न नपाई,
26 ती दुवै सँगसँगै धुलोमा पस्रिएका हुन्छन्,
27 “तपाईंहरूले के सोच्दै हुनुहुन्छ भनी म राम्ररी जान्दछु,
28 तपाईंहरूले भन्नुहुन्छ, ‘अब त्यो महान् मानिसको घर कहाँ छ,
29 के तपाईंहरूले ती यात्रा गर्नेहरूलाई कहिल्यै सोध्नुभएको छैन?
30 कि दुष्ट मानिसहरू विपत्तिको दिनमा बचाइनेछन्,
31 कसले तिनीहरूकै सामु तिनीहरूलाई दोष लगाउँछ र?
32 तिनीहरूलाई चिहानमा लगिन्छ,
33 बेँसीको माटो तिनीहरूलाई मिठो लाग्छ;
34 “यसकारण तपाईंहरूले मलाई आफ्ना व्यर्थका