1 तब सोपर नमातीले जवाफ दिए:
2 “मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ;
3 जब म मेरो अपमान हुने गालीहरू सुन्छु,
4 “निश्चय नै तपाईंले जान्नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ,
5 कि दुष्ट मानिसहरूको खुशी एकछिनको लागि,
6 यद्यपि ईश्वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला
7 तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ;
8 कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ,
9 त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्;
10 त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ;
11 त्यसका हड्डीहरूमा भरिएका यौवन
12 “दुष्टता त्यसको मुखमा मिठो भए तापनि
13 तथापि त्यसले त्यो छोड्न सक्दैन,
14 त्यसको भोजन त्यसको पेटमा अमिलो बन्नेछ;
15 त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ;
16 त्यसले सर्पको विष चुस्नेछ;
17 त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने
18 त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ;
19 किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ;
20 “निश्चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन;
21 त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन;
22 त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ;
23 त्यसले आफ्नो पेट भरेको बेला,
24 त्यो फलामको हतियारबाट बाँचे तापनि
25 त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ,
26 त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ;
27 आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ;
28 त्यसको घरलाई बाढीले,
29 परमेश्वरले दुष्ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ,