1 “धिक्कार! ती हठी सन्तानलाई,”
2 मसित सल्लाह नलिएर,
3 तर फारोको सुरक्षा तिमीहरूका निम्ति लज्जास्पद हुनेछ;
4 तिनीहरूसित सोअनमा अधिकृतहरू भए तापनि
5 तिनीहरूका निम्ति काम नलाग्ने जातिहरूको कारण,
6 दक्षिणी भागका जन्तुहरूको विरुद्ध भविष्यवाणी:
7 किनभने इजिप्टमा जसको सहायता एकदमै व्यर्थको छ,
8 अब जा, आउँदा दिनहरूका निम्ति
9 यिनीहरू बागी मानिसहरू हुन्, छली सन्तान,
10 यिनीहरू दर्शीहरूलाई भन्छन्,
11 यस मार्गलाई त्यागिदेओ,
12 यसकारण इस्राएलका पवित्र परमेश्वर भन्नुहुन्छ:
13 यो पाप तिमीहरूका निम्ति
14 यो माटाका भाँडाझैँ टुक्रा-टुक्रा भएर
15 प्रभु याहवेह, इस्राएलका पवित्र परमेश्वर यही भन्नुहुन्छ:
16 तिमीहरूले भन्यौ, ‘होइन, हामी घोडामा चढेर भाग्नेछौँ।’
17 एक जनाले धम्काउँदा
18 तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ;
19 हे यरूशलेममा बस्ने सियोनका मानिसहरू हो, तिमीहरू फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रुँदा उहाँ अति अनुग्रहकारी हुनुहुनेछ! उहाँले सुन्नेबित्तिकै तिमीहरूलाई जवाफ दिनुहुनेछ।
20 प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्टको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू फेरि लुकाइनेछैनन्; तिमीहरूका आफ्नै आँखाले तिनीहरूलाई देख्नेछौ।
21 तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्तिरबाट, “बाटो यही हो, यसमा हिँड” भन्ने सोर सुन्नेछन्।
22 तब आफूले चाँदीले मोहोरेका मूर्तिहरू र सुनले ढालेका प्रतिमाहरूलाई तिमीहरूले अपवित्र तुल्याउनेछौ। तिमीहरूले त्यसलाई रजस्वलाको लुगाझैँ फ्याँकेर त्यसलाई, “पर जा!” भन्नेछौ।
23 तिमीहरूले जमिनमा छरेका बिउ उमार्नका निम्ति उहाँले वर्षा पनि पठाइदिनुहुनेछ; अनि जमिनबाट आएको भोजन उत्तम र प्रशस्त हुनेछ। त्यस दिन तिमीहरूका गाईबस्तु ठूला मैदानहरूमा चर्नेछन्।
24 खेतमा जोत्ने गोरुहरू र गधाहरूले काँटा र बेल्चाले मिसाएको घाँस र दाना खानेछन्।
25 त्यस भयानक संहारको दिनमा धरहराहरू ढल्दा प्रत्येक अग्लो पर्वत र हरेक ठूलो डाँडामा पानीका खोलाहरू बग्नेछन्।
26 याहवेहले आफ्ना मानिसहरूका घाउहरूमा पट्टी बाँध्नुहुँदा र उहाँले दिनुभएका चोटहरू निको पार्नुहुँदा, त्यस दिन चन्द्रमा सूर्यजस्तै लाग्नेछ; अनि सूर्य सधैँभन्दा सात गुणा बढी चम्किलो, सात दिनको उज्यालो एकै दिनमा चम्केजस्तो हुनेछ।
27 हेर, याहवेहको नाम टाढाबाट
28 उहाँको सास गर्दनसम्म उठ्ने
29 तिमीहरूले पवित्र चाड
30 रिसको झोँक, भस्म गर्ने आगोको ज्वाला,
31 याहवेहको सोरले अश्शूरलाई चकनाचुर पार्नेछ;
32 याहवेहले आफ्नो पाखुराले तिनीहरूको विरुद्धमा युद्धमा लड्नुहुँदा,
33 तोपेत तयार भइसकेको छ;