1 हाय अरीएल, अरीएल तँलाई धिक्कार!
2 तापनि म अरीएललाई घेर्नेछु;
3 म तेरो विरुद्ध चारैतिर छाउनी हाल्नेछु;
4 तँ होच्याइनेछेस्, र भुइँबाट बोल्नेछेस्;
5 तर तेरा धेरै शत्रुहरू धुलोझैँ हुनेछन्,
6 सेनाहरूका याहवेह मेघ गर्जन,
7 तब अरीएलको विरुद्धमा लडाइँ गर्ने,
8 जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ,
9 व्याकुल होओ, चकित होओ,
10 याहवेहले तिमीहरूमाथि एउटा गहिरो निद्रा ल्याउनुभएको छ:
11 तिमीहरूका निम्ति यो सम्पूर्ण दर्शन अरू केही होइन, तर चर्मपत्रमा छाप लगाएर राखिएका शब्दहरू मात्र हुन्। अनि यदि तिमीहरूले लेखपढ गर्न सक्ने कसैलाई यो चर्मपत्र दिएर, “दया गरी यसलाई पढिदिनुहोस्” भन्यौ भने, त्यसले, “म सक्दिनँ, यसमा छाप लगाइएको छ” भनेर जवाफ दिनेछ।
12 अथवा तिमीहरूले लेखपढ गर्न नजान्ने कसैलाई यो चर्मपत्र दिएर, “दया गरी यसलाई पढिदिनुहोस्” भन्यौ भने त्यसले “म पढ्नै जान्दिनँ” भनेर जवाफ दिनेछ।
13 प्रभु भन्नुहुन्छ:
14 यसकारण म फेरि एकपल्ट यी मानिसहरूलाई
15 तिनीहरूलाई धिक्कार! जो आफ्ना योजनाहरू
16 कुमालेलाई माटो सरह ठानेर
17 केही समयमै के लेबनान एउटा मलिलो खेतमा परिणत हुनेछैन र?
18 त्यस दिन बहिराहरूले चर्मपत्रका वचनहरू सुन्नेछन्;
19 फेरि एकपल्ट नम्रहरू याहवेहमा रमाउनेछन्;
20 निर्दयीहरू लोप हुनेछन्,
21 तिनीहरू, जसले मानिसलाई बोलीद्वारा दोषी ठहराउँछन्,
22 यसकारण अब्राहामलाई उद्धार गर्नुहुने याहवेह, याकोबको घरानालाई यसो भन्नुहुन्छ:
23 तिनीहरूले आफ्ना बीचमा आफ्नै छोराछोरीहरू,
24 आत्मामा पथभ्रष्ट भएकाहरूले समझ पाउनेछन्;