1 प्रभु याहवेहले मलाई यही नै देखाउनुभयो: राजाका भागको कटनी भइसकेपछि र पछिल्लो बाली उम्रँदै गर्दा उहाँले सलहहरूका बथान तयार पार्दै हुनुहुन्थ्यो।
2 जब तिनीहरूले जमिनलाई सखाप पारे, तब मैले भनेँ, “प्रभु याहवेह, क्षमा गर्नुहोस्! कसरी याकोब बाँच्न सक्छ? त्यो त साह्रै सानो छ!”
3 यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो।
4 प्रभु याहवेहले मलाई यो देखाउनुभयो: प्रभु याहवेहले आगोद्वारा न्याय गर्न बोलाउँदैहुनुहुन्थ्यो; त्यसले विशाल समुद्रलाई सुकाइदियो र जमिनलाई भस्म पारिदियो।
5 त्यसपछि मैले कराएर भनेँ, “प्रभु याहवेह, म तपाईंलाई बिन्ती गर्छु, रोक्नुहोस्! कसरी याकोब बाँच्न सक्छ र? त्यो त साह्रै सानो छ।”
6 यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो।
7 उहाँले फेरि मलाई यस्तो देखाउनुभयो: प्रभु नाप्ने टाँगोले सीधा नापेर बनाएको पर्खालको छेउमा आफ्नो हातमा एउटा नाप्ने साहुल लिएर खडा हुनुभएको थियो।
8 अनि याहवेहले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?”
9 “इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश हुनेछन्;
10 त्यसपछि बेथेलका पुजारी अमस्याहले इस्राएलका राजा यारोबामलाई एउटा सन्देश पठाए: “आमोसले इस्राएलका घरानाको बीचमा तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रच्दैछ। देशले तिनका सबै कुराहरू सहन सक्दैन।
11 किनकि आमोसले यसो भनिरहेका छन्:
12 त्यसपछि अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट निस्किहाल! यहूदाको देशमा फर्केर जाऊ। त्यहीँ नै आफ्नो कमाइको रोटी खाऊ, र भविष्यवाणी गर्ने काम गर।
13 अब उसो बेथेलमा भविष्यवाणी नगर; किनकि यो राजाको पवित्रस्थान हो, र राज्यको मन्दिर हो।”
14 आमोसले अमस्याहलाई जवाफ दिए, “म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ।
15 तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’
16 यसकारण अब याहवेहको वचन सुन। तिमी भन्छौ,
17 “यसकारण याहवेह यसो भन्नुहुन्छ: