1 Crônicas 7

NPIONCB

1 इस्साखारका छोराहरू:

2 तोलाका छोराहरू:

3 उज्जीका छोरा:

4 तिनीहरूका परिवारको वंशावलीअनुसार तिनीहरूसँग युद्धका निम्ति तयार रहेका 36,000 लडाकु मानिसहरू थिए। किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए।

5 अनि तिनीहरूका आफन्तहरूमा भएका लडाकु मानिसहरू, जो इस्साखारका वंशहरूबाट थिए। तिनीहरूका वंशावलीमा सूचित गरिएका सबै मानिसहरू 87,000 थिए।

6 बेन्यामीनका तीन छोराहरू:

7 बेलाका छोराहरू:

8 बेकेरका छोराहरू:

9 तिनीहरूका परिवारका वंशावलीको विवरणमा अगुवाहरू र लडाकु मानिसहरू 20,200 सूचित थिए।

10 यदीएलका छोरा:

11 यदीएलका यी सबै छोराहरू परिवारहरूका अगुवाहरू थिए। लडाइँमा जान तयार रहेका 17,200 जना लडाकु मानिसहरू त्यहाँ थिए।

12 इरका छोराहरू शुप्पी र हुप्पी थिए, र हुशीमहरू अहेरका छोराहरू थिए।

13 नप्‍तालीका छोराहरू:

14 मनश्शेका सन्तानहरू:

15 माकीरले हुप्पी र शुप्पीहरूमध्येबाट तिनीहरूकी बहिनी माकालाई पत्नी तुल्याए। मनश्शेको अर्को सन्तानको नाम सलोफाद थियो; र सलोफादका छोरीहरू मात्र थिए।

16 माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम तिनले पेरेस राखिन्। अनि उसको भाइको नाम शेरेस थियो। अनि पेरेसका छोराहरूचाहिँ ऊलाम र राकेम थिए।

17 ऊलामका छोरा:

18 गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलालाई जन्माएकी थिइन्।

19 शमीदाका छोराहरू:

20 एफ्राइमका सन्तानहरू:

21 तहतका छोरा जाबाद र

22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म शोक गरे। अनि तिनका आफन्तहरू तिनलाई सान्त्वना दिन आए।

23 त्यसपछि एफ्राइमले आफ्नी पत्नीसँग फेरि सहवास गरे। तब तिनी गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; जसको नाम तिनले बेरियाह राखे; किनकि तिनको परिवारमा विपत्ति आएको थियो।

24 एफ्राइमकी छोरी शेराह थिइन्, जसले माथिल्‍लो र तल्‍लो बेथ-होरोन र उज्जेन-शेराह नगरहरू निर्माण गरेकी थिइन्।)

25 एफ्राइमका छोरा रपाह थिए, जसका छोरा रेशेप,

26 जसका छोरा लादान, जसका छोरा अम्मीहूद,

27 जसका छोरा नुन,

28 तिनीहरूको जमिन र बसोबास गरेका ठाउँहरूमा दक्षिणतिर बेथेल र त्यसका चारैतिरका बस्तीहरू, पूर्वतिर नारान, पश्‍चिमतिर गेजेर र त्यसका बस्तीहरू, उत्तरतिर अय्याह र त्यसका बस्तीहरूसमेत शेकेमसम्म नै र त्यसका बस्तीहरू सामेल थिए।

29 मनश्शेका सिमानाहरू बेथ-शान, तानाक, मगिद्दो, डोर र तिनीहरूका बस्तीहरूसमेत थिए। इस्राएलका छोरा योसेफका सन्तानहरू यिनै नगरहरूमा बस्थे।

30 आशेरका छोराहरू:

31 बेरियाहका छोराहरू:

32 हेबेरचाहिँ येप्लेत, शोमेर, होताम र तिनीहरूकी बहिनी शूआका पिता थिए।

33 येप्लेतका छोराहरू:

34 शोमेरका छोराहरू:

35 शोमेरका भाइ हेलेमका छोराहरू:

36 सोपहका छोराहरू:

37 बेसेर, होद, शम्मा, शिल्शा, यित्रान र बेरा थिए।

38 येतेरका छोराहरू:

39 उल्‍लाका छोराहरू:

40 आशेरका यी सबै सन्तानहरू—परिवारहरूका मुखियाहरू, चुनिएका मानिसहरू, वीर योद्धाहरू र विशिष्‍ट अगुवाहरू थिए। लडाइँमा जान सक्ने मानिसहरूको संख्या तिनीहरूको वंशावलीको सूचीअनुसार, 26,000 थिए।

Ler em outra tradução

Comparar lado a lado