1 हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ,
2 मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्।
3 मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो!
4 मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको
5 मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्।
6 तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो।
7 परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो,
8 मेरो साथीहरूले मलाई छाडी गए।
9 मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो।
10 हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ?
11 चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्।
12 मृत मानिसहरू अंन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्।
13 हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु।
14 हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो?
15 युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ।
16 हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ,
17 दुःखाई र पीडाहरू सधैं मसँग छन्,
18 हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्नु मलाई वाध्य गराउनु भयो।