1 हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्याग्नु हुन्छ?
2 तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्।
3 परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्,
4 शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए।
5 शत्रुका सैनिकहरू यस्ता देखिन्छन्,
6 हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै,
7 ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए।
8 शत्रुले हामीलाई पूर्ण रूपले तहस्नहस्रू पार्ने निर्णय गरे,
9 हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं।
10 हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो?
11 हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ?
12 हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ,
13 हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो,
14 तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो, तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो,
15 तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो
16 हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ।
17 तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो।
18 हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो।
19 ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्!
20 हाम्रो करार याद गर्नुहोस्!
21 हे परमेश्वर, तपाईंका मानिसहरूलाई र्दुव्यवहार गरियो।
22 हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्!
23 तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्,