1 हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्।
2 म जहाँ भए तापनि,
3 तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
4 म तपाईंको पालमा सदा सर्वदा रहन चाहन्छु।
5 हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ,
6 राजालाई दीर्घायु दिनुहोस्।
7 उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्।
8 अनि म तपाईंको नाउँको गुणगान सधैंभरी गर्नेछु।