Salmos 49

NPI2010

1 तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन।

2 प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।

3 म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु।

4 मैले स्वयंले ती कथाहरू सुनें

5 कष्ट आउँछ भनेर म किन डराउनु?

6 कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ।

7 कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन,

8 कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन

9 कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन

10 हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी मर्छन्।

11 चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ।

12 मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैंका लागि बाँच्न सक्तैनन्।

13 ती मूर्खहरूसँग त्यही घटना हुनेछ

14 ती मानिसहरू खाली भेंडा जस्तै हुन्।

15 तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ,

16 तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ।

17 ती मानिसहरू मरेर गएपछि आफूसंग केही पनि लाँदैनन्।

18 एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ।

19 तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ,

20 मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन्

Ler em outra tradução

Comparar lado a lado