1 एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ,
2 परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ।
3 जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ।
4 मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्।
5 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे।
6 मानिसहरू मलाई हेर्न आउँछन्।
7 मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्।
8 तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो
9 मेरो प्रिय साथीले मसँगै खायो। म उसलाई भरोसा गर्थे।
10 यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्।
11 हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्।
12 म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो।
13 परमप्रभु, इस्राएल का परमेश्वर धन्य हुनु हुन्छ!