1 हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ!
2 वीणा बजाएर परमप्रभुको स्तुति गर!
3 उहाँको निम्ति एउटा नयाँ गीत गाऊ।
4 परमेश्वरको वचन सत्य छ।
5 परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ।
6 परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो।
7 परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो।
8 यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ।
9 किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन।
10 यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ।
11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ।
12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्।
13 परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो
14 उहाँले उच्च-आसनबाट
15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो।
16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन।
17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्।
18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्।
19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ।
20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं।
21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ,
22 हे परमप्रभु, हामी साँचो मनले तपाईंलाई पूज्दछौं।