1 अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्?
2 तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध
3 ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं,
4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ।
5 तब परमेश्वर रिसाउनु हुन्छ,
6 अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें।
7 अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु।
8 यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु
9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले
10 यसैकारण, राजा र शासकहरु बुद्धिमान होउन्
11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ।