Salmos 18

NPI2010

1 उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु!

2 परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ।

3 मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ,

4 मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो।

5 चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो,

6 म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ।

7 पृथ्वी र्थकियो र काम्यो;

8 परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो।

9 परमप्रभुले आकाश च्याति दिनु भयो,

10 परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो।

11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो

12 त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो।

13 परमप्रभु स्वर्गबाट गर्जनु भयो।

14 परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो।

15 परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो

16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउनु भयो।

17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे।

18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे।

19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।

20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ।

21 किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु!

22 म सधैं उहाँको निर्णयहरूलाई सम्झना गर्छु।

23 म उहाँसँग पवित्र र ईमान्दार थिएँ,

24 यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ।

25 हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्।

26 हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ।

27 हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ

28 हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्।

29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु।

30 परमेश्वरको शक्ति पूर्ण छ।

31 त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन,

32 परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ।

33 परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ।

34 परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ।

35 परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो।

36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्।

37 त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु

38 म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्।

39 हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो,

40 तपाईंले मलाई मेरा शत्रुहरूका घिच्रोमा हिर्काउने

41 मेरा शत्रुहरूले सहयोगको लागि गुहारे,

42 मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें।

43 मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन।

44 ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्।

45 ती विदेशीहरू डरले काम्नेछन्।

46 परमप्रभु जीवित हुनुहुन्छ,

47 मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो।

48 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए,

49 हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु।

50 परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ!

Ler em outra tradução

Comparar lado a lado