1 परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ।
2 यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो।
3 परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देश देशबाट सँगै भेला गर्नुभयो।
4 तिनीहरूमा कतिपय सुख्खा मरूभूमिमा छोडिए।
5 तिनीहरू भोका र प्यासा थिए
6 त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे।
7 परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो जहाँ तिमीहरू बस्न पाउँथे।
8 उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका
9 परमेश्वरले अतृप्त आत्मलाई तृप्त पार्नु भयो।
10 परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए,
11 किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए।
12 परमेश्वरले तिनीहरूकै कुकर्मको कारणले गर्दा
13 ती मानिसहरूलाई संकटहरूमा फँसाइयो। यसैकारण, तिनीहरूले परमेश्वरलाई गुहार मागे
14 कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो।
15 उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको
16 हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो, परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ।
17 कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए।
18 ती मानिसहरूले खान पनि रूचाउँदैनन्
19 तिनीहरू संकटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे
20 परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए।
21 परमप्रभुको अनन्त प्रेम
22 उहाँप्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर
23 कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे।
24 ती मानिसहरूले परमेश्वरले के गर्न सकनु हुन्छ भन्ने कुरा देखे।
25 परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो।
26 ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए
27 तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए,
28 तिनीहरू संकटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे।
29 परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो।
30 माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो।
31 उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको
32 महासभामा परमेश्वरको प्रशंसा गर।
33 परमेश्वरले नदीहरूलाई पनि मरूभूमिमा परिवर्त्तन गर्नुभयो।
34 परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो।
35 परमेश्वरले मरूभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो।
36 परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो।
37 ती मानिसहरूले त्यस धर्तीमा बिजन छरे। तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे।
38 परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो। तिनीहरूका सन्तानहरू बढे।
39 घोर विपत्ति र संकटहरूले गर्दा
40 परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो।
41 त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो।
42 असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन्
43 यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ।