1 परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँ उपासना गर।
2 परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर।
3 परमप्रभुको पवित्र नाउँमा घमण्ड गर।
4 बल पाउनुलाई परमप्रभु कहाँ जाऊ।
5 याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ।
6 तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ।
7 परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ।
8 परमेश्वरको करार पत्र सदा सर्वदा याद गर।
9 परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो।
10 त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो।
11 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु।
12 परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू स-साना थिए।
13 तिनीहरू एक जातिदेखि अर्को जाति,
14 तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन।
15 परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ।
16 परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो।
17 तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो।
18 तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे।
19 उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहोउञ्जेल सम्म तिनी दास सरह नै भए।
20 यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिए।
21 उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए,
22 यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए।
23 तब इस्राएल मिश्र तर्फ आए,
24 याकूबको परिवार अत्यन्त बढेर गयो।
25 यसकारण मिश्रवासीहरूले याकूबको परिवारलाई हेला गर्न थाले।
26 यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो,
27 परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा
28 परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो
29 यसैले परमेश्वरले पानीलाई रगतमा परिवर्तन गर्नुभयो,
30 तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो।
31 परमेश्वरले आज्ञा दिनुभयो, अनि झिंगाहरू र जुम्राहरू आउन थाले।
32 परमेश्वरले बर्षालाई असिनामा परिवर्तन गर्नुभयो।
33 परमेश्वरले तिनीहरूको अङ्गुरका र नेभराको रूखहरू ध्वंश पारी दिनुभयो।
34 परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले।
35 सलहहरू र फटेङ्ग्राहरूले देशका सारा उद्भिद्हरू खाएर नष्ट पारिदिए।
36 त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो।
37 त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो।
38 परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए
39 परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो।
40 मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो।
41 परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो।
42 परमेश्वरले उहाँको वचन संम्झनु भयो।
43 परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो।
44 तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए।
45 परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन।