1 हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर।
2 तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्।
3 परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो।
4 परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरू बतास जस्ता
5 हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो,
6 तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो।
7 तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो।
8 पानी पर्वतहरूबाट तल र्झन थाल्यो, खडीहरूमा झर्दै
9 तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो
10 हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो।
11 नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो
12 जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस्न आउँदछन्।
13 परमेश्वरले वर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ।
14 परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो।
15 परमेश्वरले हामीलाई दिनु हुन्छ दाखरस जसले हामीलाई खुशी तुल्याउँछ,
16 लबानोनको विशाल देवदारू रूखहरू परमप्रभुको सम्पत्ति हुन्।
17 चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्।
18 उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्।
19 परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो।
20 तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई,
21 सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन
22 त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ
23 तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन्
24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो।
25 समुद्रमा हेर। त्यो कति ठूलो छ!
26 त्यस समुद्रमा जहाजहरू चल्दछ,
27 परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन्
28 परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ।
29 जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ
30 तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ, तिनीहरू स्वस्थ्य हुन्छन्।
31 परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्!
32 परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ।
33 मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु।
34 भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ।
35 पृथ्वीबाट पापहरू हटी जाओस्।