1 तब अय्यूबले जवाफ दिए,
2 “हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो।
3 एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ
4 परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ।
5 परमेश्वरको क्रोधले पर्वतहरू नै हल्लाइदिन सक्छ अनि तिनीहरूले थाहासम्म पाउँदैनन्।
6 परमेश्वरले पृथ्वी थर्काउनलाई भुईंचालो पठाउनु हुन्छ।
7 परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्न।
8 परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो।
9 “परमेश्वरले सप्त-ऋषि, मृगशिरा अनि किर्किटि ताराहरू बनाउँनुभयो।
10 परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्।
11 जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन।
12 यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने
13 परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न।
14 यसैले म परमेश्वरसंग तर्क गर्न सक्तिनँ।
15 म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ।
16 मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो,
17 परमेश्वरले मात्र मलाई मिच्न आँधी पठाउनु भयो।
18 परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन।
19 म परमेश्वरलाई पराजित गर्न सक्तिनँ।
20 म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ।
21 म निर्दोष छु। तर म जान्दिन के सोच्ने।
22 म आफैलाई भन्छु, ‘त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्।
23 जब कँही डरलाग्दो घटनाहरू भयो भने अनि निर्दोष मानिसहरू मारिए भने के परमेश्वर तिनीहरूमाथि हाँस्नु हुन्छ?
24 जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ?
25 “दगुर्ने भन्दा पनि मेरो दिनहरू चाँडो भाग्दछ मेरा दिनहरू उडी जाँदैछ
26 मेरा दिनहरू डुङ्गा जस्तै छिटो बग्छन्।
27 “यदि म भन्छु ‘म गुनासो गर्ने छैन
28 म मेरा पीडाले अझै भयभीत छु।
29 यदि म दोषी ठहरी सकेको छु भने
30 यदि मैले स्वयंलाई हिऊँले धोएँ भने
31 परमेश्वरले मलाई हिलो भएको खाडलमा धकेल्नु हुन्छ।
32 परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ।
33 म चाहन्छु कि त्यहाँ दुवै पक्षहरूलाई सुनिदिने कोही रहोस्।
34 म चाहन्छु कि परमेश्वरले लिने डण्डा लगिदिने त्यहाँ कोही होस्।
35 तब परमेश्वरको भयबाट स्वतन्त्र भएर