1 तब शुहाबाट आएका बिल्ददले उत्तर दिए:
2 “कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ?
3 परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ।
4 यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने
5 तर अब अय्यूब, परमेश्वर पट्टिहेर,
6 यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ।
7 तब तिमीसंग पहिले जति थियो
8 “बूढा-प्रधानहरूलाई सोधखोज गर,
9 हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ,
10 हुनुसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्।
11 “बिल्ददले भन्यो, ‘के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ?
12 अहँ! यदि पानी सुकाइयो भने,
13 मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन तिनीहरू मसिना र सूख्खा निगालाहरू जस्तो हुनेछन्।
14 त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन।
15 यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने
16 त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ
17 त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ।
18 तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ,
19 तर उद्भिद् खुशी थियो
20 परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न।
21 परमेश्वरले सधैं तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ
22 तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ