1 परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः
2 “अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ।
3 तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः
4 “म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ।
5 मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन।
6 तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयो। परमप्रभुले भन्नुभयोः
7 “अय्यूब, आफैलाई संभाल
8 “अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु?
9 के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ?
10 यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ।
11 यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ।
12 हो, अय्यूब! ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ।
13 सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ।
14 अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु।
15 “अय्यूब, जलगैडामा हेर।
16 जलगैडसँग शरीरमा एकदम ज्यादा ताकत छ।
17 जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ।
18 जलगैंडाका हड्डीहरू पित्तल जस्ता दरिला छन्।
19 जलगैंडा एकदम अद्भूत जन्तु हो जसलाई मैले बनाएँ।
20 जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने
21 जलगैडा कमलको उद्भिद् मुनि पल्टिन्छ।
22 कमल फूलको बोटले आफ्नो छाँयामा जलगैडालाई लुकाउँदछ।
23 यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन।
24 कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन