1 “अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ?
2 त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ?
3 के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ?
4 के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर
5 के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ?
6 के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ?
7 के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
8 “अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ।
9 के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ?
10 कुनै मानिस पनि त्यस्तो वीर छैन्
11 म कोहीसँग पनि ऋणी छैन।
12 “अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु,
13 कसैले पनि उसको छाला छेडन सक्तैन।
14 कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन।
15 त्यसको ढाड बलियो गरी जोडिएका
16 ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन्
17 ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन्
18 जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ।
19 आगोको अगुल्टोहरू बलेको जस्तै
20 पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो
21 अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ
22 लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ,
23 त्यसको छालामा कतै पनि नरम भाग हुँदैन
24 लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन।
25 जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्।
26 तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ
27 लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ।
28 काँडले लेबीयथानलाई भगाउन सक्तैन।
29 जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ
30 लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन।
31 लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ।
32 जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ।
33 लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन
34 लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो।