1 यो मोआब बारे एक दुःखको समाचार होः
2 राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए।
3 मोआबका चारैतिर घरको दलानहरूमाथि
4 हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन
5 मेरो हृदय मोआबको निम्ति रून्छ।
6 तर निम्रीम खोला मरूभूमि जस्तो सुक्खा छ।
7 यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए।
8 मोआबभरि रोएको सुन्न सकिन्छ।
9 दीमोनको पानी रगतले भरिएकोछ