Isaías 14

NPI2010

1 भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफै यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्।

2 ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे।

3 परमेश्वरले तिमीहरूका अप्ठेरा कामहरू लिनु हुनेछ र तिमीहरूलाई आराम दिनुहुनेछ। पहिले तिमीहरू कमारा-कमारीहरू थियौ। मानिस जातिहरूले तिमीहरूलाई जबरजस्ती नसक्ने कामहरू गर्न लगाए। तर परमप्रभुले ती दुःखका दिनहरू अन्त गरिदिनु भयो।

4 त्यस बेला, तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः

5 परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ।

6 बाबेलका राजा रिसाउँदा

7 तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्।

8 तिमी एकजना पापी राजा हौ,

9 पातल उत्तैजित छ,

10 सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्।

11 तिम्रो रवाफ पातालमा पठाइएकोछ।

12 तिमी बिहानको तारा जस्तो थियौ,

13 तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ,

14 म बादलहरूको बेदी सम्म जानेछु,

15 तर त्यस्तो भएन, तिमी परमेश्वरसंग आकाशमाथि गएनौ,

16 मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले।

17 के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो

18 पृथ्वीमा प्रत्येक राजाले गौरवमय मृत्यु प्राप्त गरे।

19 तर ए दुष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं फ्याँकियो।

20 तर अरू तिमी धेरै राजाहरू मरेका छन

21 उनका सन्तानहरूलाई मार्न तयार हौ, तिनीहरूलाई मार,

22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाई गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल ध्वंश पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।

23 परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिर्वतन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको’ कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछ।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।

24 सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो। र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।

25 म मेरो देशमा अश्शूरका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ।

26 त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफ्ना शक्ति प्रयोग गर्नेछु।”

27 जब परमप्रभुले योजना बनाउनु हुन्छ, त्यो योजना कसैलेपनि रोक्न सक्तैन्। जब परमप्रभुले आफ्नो शक्तिले मानिसहरूलाई दण्ड दिनलाई उठाउनु हुनेछ, त्यो कसैले पनि रोक्न सक्तैन।

28 आहाज राजा मरेकै वर्षमा यस्तो दुःखको सन्देश प्राप्त भयो।

29 हे पलिश्तीहरूको देश तिमीहरूलाई हिर्काउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू साँचि नै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलाग्दा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्।

30 तर मेरा गरीब मानिसहरू सुरक्षित भएर खाने छन्। तिनीहरूका छोरा-छोरीहरू सुरक्षित हुनेछन्। मेरा गरीब मानिसहरू आरामसित सुरक्षाको अनुभव गर्न सक्ने छन्। तर म तिमीहरूका नानीहरूलाई भोकै मार्नेछु। अनि बाँचेका तिम्रा मानिसहरू रोगले मर्नेछन्।

31 तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रूनु!

32 त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ,

Ler em outra tradução

Comparar lado a lado