1 याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;
2 याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर;
3 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर,
4 किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ;
5 किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्,
6 उहाँको सामु गौरव र वैभव छन्;
7 हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,
8 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;
9 उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर;
10 जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।”
11 आकाश आनन्दित होस्, र पृथ्वी रमाओस्;
12 खेत र त्यसमा भएका सबै कुरा उल्लासित होऊन्;
13 सबै सृष्टिले याहवेहको सामु गाऊन्, किनकि उहाँ आउनुहुन्छ;