1 आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ;
2 धन्यवाद चढाउँदै उहाँको सामु आऔँ,
3 किनकि याहवेह महान् परमेश्वर हुनुहुन्छ,
4 पृथ्वीका गहिराइहरू उहाँको हातमा छ;
5 समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो,
6 आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ;
7 किनकि उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ;
8 “तिमीहरूले मेरीबामा गरेजस्तो आफ्नो हृदय कठोर नपार;
9 जहाँ तिमीहरूका पुर्खाहरूले मलाई परीक्षा गरे;
10 चालीस वर्षसम्म म त्यस पुस्तासँग रिसाएँ,
11 यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ,