Salmos 136

NPIONCB

1 याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ।

2 देवताहरूका परमेश्‍वरलाई धन्यवाद देओ;

3 प्रभुहरूका प्रभुलाई धन्यवाद देओ:

4 उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्‌भुत कार्यहरू गर्नुहुन्छ;

5 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना समझशक्तिले आकाश सृष्‍टि गर्नुभयो;

6 उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो;

7 उहाँलाई धन्यवाद देओ, जसले विशाल ज्योतिहरू बनाउनुभयो;

8 उहाँलाई धन्यवाद देओ, जसले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो;

9 उहाँलाई धन्यवाद देओ, जसले रातमा प्रभुत्व गर्नलाई चन्द्रमा र ताराहरू बनाउनुभयो;

10 उहाँलाई धन्यवाद देओ, जसले इजिप्टका पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो;

11 र उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूको बीचबाट इस्राएललाई निकालेर ल्याउनुभयो;

12 उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली हात

13 उहाँलाई धन्यवाद देओ, जसले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो;

14 उहाँलाई धन्यवाद देओ, जसले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो;

15 उहाँलाई धन्यवाद देओ, जसले फारो र तिनका सेनालाई लाल समुद्रमा डुबाइदिनुभयो;

16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्‍याउनुभयो;

17 उहाँलाई धन्यवाद देओ, जसले ठूला-ठूला राजालाई नाश पार्नुभयो;

18 उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली राजालाई मार्नुभयो;

19 उहाँलाई धन्यवाद देओ, जसले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो;

20 उहाँलाई धन्यवाद देओ, जसले बाशानका राजा ओगलाई मार्नुभयो;

21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो;

22 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवक

23 उहाँलाई धन्यवाद देओ, जसले हामी सबैलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो;

24 उहाँलाई धन्यवाद देओ, जसले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुभयो।

25 उहाँलाई धन्यवाद देओ, जसले हरेक प्राणीलाई भोजन दिनुहुन्छ।

26 स्वर्गका परमेश्‍वरलाई धन्यवाद देओ;

Ler em outra tradução

Comparar lado a lado