1 हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ?
2 कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने,
3 हे याहवेह, मेरा परमेश्वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्;
4 नत्रता मेरो वैरीहरूले भन्नेछ, “मैले त्यसमाथि विजय पाएको छु,”
5 तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु;
6 म याहवेहको स्तुति गाउनेछु;