1 हाम्रो होइन, हे याहवेह, हाम्रो होइन,
2 राष्ट्रहरूले किन यसो भन्छन्,
3 हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ;
4 तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्,
5 तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्;
6 तिनीहरूका कान त छन्, तर सुन्न सक्दैनन्;
7 हात त छन्, तर स्पर्श गर्न सक्दैनन्;
8 मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्;
9 हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर—
10 हे हारूनका घराना हो, याहवेहमा भरोसा गर—
11 याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर—
12 याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ;
13 उहाँको डर मान्ने साना र ठूला सबैलाई
14 याहवेहले तिमीहरूलाई वृद्धि गरून्,
15 याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
16 सर्वोच्च स्वर्ग याहवेहकै हो,
17 मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्;
18 तर हामी त अहिले र सदासर्वदा नै