1 हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन,
2 म तिमीहरूलाई उचित कुरा सिकाउँछु,
3 किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ,
4 मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो,
5 बुद्धि प्राप्त गर, समझशक्ति प्राप्त गर;
6 बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ;
7 बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर।
8 बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्च पार्नेछ,
9 यसले तिम्रो शिरमा शोभायमान माला पहिर्याइदिनेछ,
10 हे मेरो छोराछोरी, सुन;
11 म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु,
12 तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्,
13 अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ;
14 दुष्टको मार्गमा पाइला नटेक
15 त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड,
16 किनकि दुष्टहरू खराब काम नगरी सुत्नै सक्दैनन्;
17 तिनीहरूले दुष्टताको रोटी खान्छन्
18 धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो,
19 तर दुष्टको चाल घोर अन्धकारजस्तै हो;
20 हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ;
21 ती तिम्रो दृष्टिदेखि अलग हुन नदेऊ;
22 किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्,
23 यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख;
24 तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्,
25 तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्,
26 तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ,
27 दाहिने अथवा देब्रेतिर नलाग;