Números 32

NPIONCB vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 रूबेनीहरू र गादीहरू, जसका धेरै बथान, बगाल भएकाले याजेर र गिलादको देश पशुपालनका निम्ति उपयुक्त देखे।
1 E os filhos de Rúben e os filhos de Gade tinham gado em grande quantidade; e viram a terra de Jazer, e a terra de Gileade, e eis que o lugar era lugar de gado.
2 यसकारण तिनीहरू मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूकहाँ आएर भने,
2 Vieram, pois, os filhos de Gade, e os filhos de Rúben e falaram a Moisés e a Eleazar, o sacerdote, e aos chefes da congregação, dizendo:
3 अतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, शबाम, नेबो र बओन,
3 Atarote, e Dibom, e Jazer, e Ninra, e Hesbom, e Eleale, e Sebã, e Nebo, e Beom,
4 अर्थात् याहवेहले इस्राएलीहरूका अधीनमा पार्नुभएको देश पशुपालनका निम्ति उपयुक्त रहेछ। अनि तपाईंका सेवकहरूसँग धेरै गाईबस्तु छन्।
4 A terra que o Senhor feriu diante da congregação de Israel, é terra para gado, e os teus servos têm gado.
5 तिनीहरूले भने, “यदि हामीले तपाईंहरूको दृष्‍टिमा निगाह पाएका छौँ भने यो भूमि हाम्रो अधिकारको रूपमा तपाईंका सेवकहरूलाई दिनुहोस्। हामीलाई यर्दनपारि जान नलगाउनुहोस्।”
5 Disseram mais: Se achamos graça aos teus olhos, dê-se esta terra aos teus servos em possessão; e não nos faças passar o Jordão.
6 मोशाले गादीहरू र रूबेनीहरूलाई भने, “के तिमीहरूका दाजुभाइहरू लडाइँमा जाँदा तिमीहरूचाहिँ यहाँ ढुक्‍क बस्‍न चाहन्छौ?
6 Porém Moisés disse aos filhos de Gade e aos filhos de Rúben: Irão vossos irmãos à peleja, e ficareis vós aqui?
7 किन तिमीहरू इस्राएलीहरूलाई याहवेहले यर्दनपारिपट्टि दिनुभएको देशमा जानलाई निराश बनाउँछौ?
7 Por que, pois, desencorajais o coração dos filhos de Israel, para que não passem à terra que o Senhor lhes tem dado?
8 जब तिमीहरूका बुबाहरूलाई मैले कादेश-बर्नेबाट त्यस देशलाई हेर्न पठाउँदा तिनीहरूले यस्तै गरेका थिए।
8 Assim fizeram vossos pais, quando os mandei de Cades-Barnéia, a ver esta terra.
9 जब तिनीहरू एश्कोलको बेँसीसम्म पुगे, र त्यस देशलाई हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई याहवेहले दिनुभएको देशमा प्रवेश गर्नलाई हतोत्साहित तुल्याएका थिए।
9 Chegando eles até ao vale de Escol, e vendo esta terra, desencorajaram o coração dos filhos de Israel, para que não entrassem na terra que o Senhor lhes tinha dado.
10 त्यस दिन याहवेह रिसाउनुभयो, र उहाँले यो शपथ खानुभयो:
10 Então a ira do Senhor se acendeu naquele mesmo dia, e jurou dizendo:
11 ‘इजिप्टबाट आएका बीस वर्ष र त्यसभन्दा बढी उमेरका कसैले पनि मैले अब्राहाम, इसहाक र याकोबसँग शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देश देख्न पाउनेछैन। किनकि तिनीहरूले मलाई पूर्ण रूपले पछ्याएका छैनन्।
11 Que os homens, que subiram do Egito, de vinte anos para cima, não verão a terra que jurei a Abraão, a Isaque, e a Jacó! porquanto não perseveraram em seguir-me;
12 कनज्जी यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशू मात्र पस्‍न पाउनेछन्। किनकि यिनीहरूले चाहिँ पूर्ण हृदयले याहवेहलाई पछ्याए।’
12 Exceto Calebe, filho de Jefoné o quenezeu, e Josué, filho de Num, porquanto perseveraram em seguir ao Senhor.
13 इस्राएलको विरुद्धमा याहवेह रिसाउनुभयो। अनि उहाँको दृष्‍टिमा दुष्‍ट काम गर्नेहरूको सम्पूर्ण पुस्ता नष्‍ट नहोउन्जेल उहाँले तिनीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म भौँतारिन दिनुभयो।
13 Assim se acendeu a ira do Senhor contra Israel, e fê-los andar errantes pelo deserto quarenta anos até que se consumiu toda aquela geração, que fizera mal aos olhos do Senhor.
14 “अनि तिमी पापीहरूका सन्तान आफ्ना पितापुर्खाहरूझैँ याहवेहलाई इस्राएलसँग अझ बढी रिस उठाउनलाई खडा भएका छौ।
14 E eis que vós, uma geração de homens pecadores, vos levantastes em lugar de vossos pais, para ainda mais acrescentar o furor da ira do Senhor contra Israel.
15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाड्यौ भने उहाँले फेरि यी मानिसहरूलाई उजाडस्थानमा नै छोडिदिनुहुनेछ। अनि तिनीहरूको विनाशको कारण तिमीहरू हुनेछौ।”
15 Se vós vos virardes de segui-lo, também ele os deixará de novo no deserto, e destruireis a todo este povo.
16 तब तिनीहरू मोशाकहाँ आएर भने, “हामी यहाँ आफ्ना बगालका निम्ति गोठ, हाम्रा स्त्रीहरू र छोराछोरीहरूका लागि सहरहरू बनाउन चाहन्छौँ।
16 Então chegaram-se a ele, e disseram: Edificaremos currais aqui para o nosso gado, e cidades para as nossas crianças;
17 तर हामी आफैँचाहिँ इस्राएलीहरूलाई तिनीहरूको ठाउँमा नपुर्‍याएसम्म हातहतियार लिएर तिनीहरूको लागि लडाइँमा जान तयार छौँ। त्यस बेलामा हाम्रा स्त्रीहरू र छोराछोरीहरूचाहिँ यहाँका बासिन्दाहरूबाट जोगिनका लागि बलियो किल्‍ला भएका सहरहरूमा बस्‍नेछन्।
17 Porém nós nos armaremos, apressando-nos adiante dos de Israel, até que os levemos ao seu lugar; e ficarão as nossas crianças nas cidades fortes por causa dos moradores da terra.
18 प्रत्येक इस्राएलीहरूले तिनीहरूका पैतृक सम्पत्ति नपाएसम्म हामी आफ्ना घरमा फर्कनेछैनौँ।
18 Não voltaremos para nossas casas, até que os filhos de Israel estejam de posse, cada um, da sua herança.
19 हामी यर्दनपारि तिनीहरूसँग उत्तराधिकारको कुनै भाग लिनेछैनौँ; किनकि हामीले यर्दनको पूर्वपट्टि उत्तराधिकारको भाग पाइसकेका छौँ।”
19 Porque não herdaremos com eles além do Jordão, nem mais adiante; porquanto nós já temos a nossa herança aquém do Jordão, ao oriente.
20 तब मोशाले तिनीहरूलाई भने, यदि तिमीहरूले यसो गर्‍यौ भने अर्थात् तिमीहरूले याहवेहको सामु लडाइँका निम्ति हातहतियार भिरेर लडाइँमा जान तयार भयौ भने,
20 Então Moisés lhes disse: Se isto fizerdes assim, se vos armardes à guerra perante o Senhor;
21 अनि तिमीहरू सबै हातहतियार भिरेर याहवेहले आफ्ना शत्रुहरूलाई आफ्नै सामु धपाएर देश परास्त नगरेसम्म उहाँको सामु यर्दनपारि गयौ भने,
21 E cada um de vós, armado, passar o Jordão perante o Senhor, até que haja lançado fora os seus inimigos de diante dele,
22 जब याहवेहको सामु देश अधीनमा आउँछ, तब तिमीहरू फर्कन सक्छौ। अनि याहवेह र इस्राएलसँगको तिमीहरूको दायित्वबाट तिमीहरू स्वतन्त्र हुनेछौ। अनि यो देश याहवेहको सामु तिमीहरूको अधिकारमा हुनेछ।
22 E a terra esteja subjugada perante o Senhor; então voltareis e sereis inculpáveis perante o Senhor e perante Israel; e esta terra vos será por possessão perante o Senhor;
23 तर यदि तिमीहरूले आफ्नो वचन पूरा गर्न असफल भयौ भने तिमीहरूले याहवेहको विरुद्धमा पाप गरेका हुनेछौ। अनि तिमीहरूले आफ्ना पापको प्रतिफल निश्‍चय नै भोग्नेछौ।
23 E se não fizerdes assim, eis que pecastes contra o Senhor; e sabei que o vosso pecado vos há de achar.
24 आफ्ना स्त्रीहरू र छोराछोरीहरूका निम्ति सहर अनि तिमीहरूका बगालका निम्ति गोठहरू बनाओ। तर तिमीहरूले गरेका प्रतिज्ञा पूरा गर।
24 Edificai cidades para as vossas crianças, e currais para as vossas ovelhas; e fazei o que saiu da vossa boca.
25 गादीहरू र रूबेनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा मालिकले आज्ञा गर्नुभएजस्तै गर्नेछौँ।
25 Então falaram os filhos de Gade, e os filhos de Rúben a Moisés, dizendo: Como ordena meu senhor, assim farão teus servos.
26 हाम्रा छोराछोरी र पत्नीहरू, हाम्रा बगालहरू र बथानहरू यहीँ गिलाद सहरमा रहनेछन्।
26 As nossas crianças, as nossas mulheres, o nosso gado, e todos os nossos animais estarão aí nas cidades de Gileade.
27 तर तपाईंका सेवकहरू, हाम्रा मालिकको आज्ञाअनुसार लडाइँका लागि हातहतियार भिरेका हरेक मानिसहरू याहवेहको सामु युद्ध गर्न यर्दनपारि जानेछौँ।”
27 Mas os teus servos passarão, cada um armado para a guerra, a pelejar perante o SENHOR, como tem falado o meu senhor.
28 तब मोशाले तिनीहरूको बारेमा पुजारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएली कुलका अगुवाहरूलाई आज्ञा दिए।
28 Então Moisés deu ordem acerca deles a Eleazar, o sacerdote, e a Josué filho de Num, e aos cabeças das casas dos pais das tribos dos filhos de Israel.
29 मोशाले तिनीहरूलाई भने, “यदि गादीहरू र रूबेनीहरूका हरेक मानिस लडाइँका निम्ति हातहतियार भिरेर याहवेहको सामु तिमीहरूसँग लडाइँ गर्न यर्दनपारि जान्छन् भने, र जब त्यो देश तिमीहरूकै अगि तिमीहरूका अधीनमा आयो भने तिमीहरूले गिलादको मुलुक तिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनू।
29 E disse-lhes Moisés: Se os filhos de Gade e os filhos de Rúben passarem convosco o Jordão, armado cada um para a guerra, perante o Senhor, e a terra estiver subjugada diante de vós, em possessão lhes dareis a terra de Gileade.
30 तर यदि तिनीहरू हातहतियार भिरेर तिमीहरूका साथमा लडाइँमा पारि जान इन्कार गरे भने तिनीहरूले तिमीहरूसँगै कनान देशमा आ-आफ्ना सम्पत्तिको भाग पाउनेछन्।”
30 Porém, se não passarem armados convosco, terão possessões entre vós, na terra de Canaã.
31 गादीहरू र रूबेनीहरूले जवाफ दिए, “तपाईंका सेवकहरूले याहवेहले भन्‍नुभएजस्तै हामी गर्नेछौँ।
31 E responderam os filhos de Gade e os filhos de Rúben, dizendo: O que o Senhor falou a teus servos, isso faremos.
32 हामी याहवेहको सामु हातहतियार भिरेर यर्दनपारि कनानसम्मै जानेछौँ। तर हामीले पाउने अधिकारचाहिँ यर्दनको वारि पूर्वपट्टि नै हुनेछ।”
32 Nós passaremos, armados, perante o Senhor, à terra de Canaã, e teremos a possessão de nossa herança aquém do Jordão.
33 त्यसपछि मोशाले गादीहरू, रूबेनीहरू र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य अर्थात् सम्पूर्ण देश त्यसका सहरहरूसँगै र तिनीहरूका वरिपरिका प्रान्तहरू दिए।
33 Assim deu-lhes Moisés, aos filhos de Gade, e aos filhos de Rúben, e à meia tribo de Manassés, filho de José, o reino de Siom, rei dos amorreus, e o reino de Ogue, rei de Basã; a terra com as suas cidades nos seus termos, e as cidades ao seu redor.
34 गादीहरूले दीबोन, अतारोत, अरोएर,
34 E os filhos de Gade edificaram a Dibom, e Atarote, e Aroer;
35 अत्रोत-शोपान, याजेर, योगबहा,
35 E Atarote-Sofã, e Jazer, e Jogbeá;
36 बेथ-निम्रा र बेथ-हारानहरूलाई सुरक्षित सहरजस्तै बनाए। तिनीहरूका बगालका निम्ति गोठहरू बनाए।
36 E Bete-Nimra, e Bete-Harã, cidades fortes; e currais de ovelhas.
37 अनि रूबेनीहरूले हेश्बोन, एलाले र किर्यातैम,
37 E os filhos de Rúben edificaram a Hesbom, e Eleale, e Quiriataim;
38 साथसाथै नेबो र बाल-मोन (यी नामहरू परिवर्तन भए) र सिब्मा पुनर्निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूका नामहरू नयाँ राखे।
38 E Nebo, e Baal-Meom, mudando-lhes o nome, e Sibma; e os nomes das cidades que edificaram chamaram por outros nomes.
39 मनश्शेका छोरा माकीरका सन्ततिहरू गिलादमा गए। अनि त्यसलाई कब्जा गरेर त्यहाँ बसोबास गर्ने एमोरीहरूलाई धपाए।
39 E os filhos de Maquir, filho de Manassés, foram-se para Gileade, e a tomaram; e daquela possessão expulsaram os amorreus que estavam nela.
40 यसकारण मोशाले मनश्शेका सन्तान माकीरीहरूलाई गिलाद दिए। अनि तिनीहरू त्यहाँ बसोबास गरे।
40 Assim Moisés deu Gileade a Maquir, filho de Manassés, o qual habitou nela.
41 याईर, मनश्शेको सन्तानले गिलादका केही बस्तीहरू आफ्नो अधीनमा ल्याए। अनि त्यसलाई हव्वोत-याईर नाम राखे।
41 E foi Jair, filho de Manassés, e tomou as suas aldeias; e chamou-as Havote-Jair.
42 अनि नोबहले केनात र त्यसका वरिपरिका बस्तीहरू कब्जा गरे। यसकारण ती बस्तीहरूका नाम आफ्नै नामअनुसार नोबह राखे।
42 E foi Nobá, e tomou a Quenate com as suas aldeias; e chamou-a Nobá, segundo o seu próprio nome.

Ler em outra tradução

Comparar com outra