Números 15

NPIONCB vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 याहवेहले मोशालाई भन्‍नुभयो,
1 Depois falou o SENHOR a Moisés, dizendo:
2 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिएको देशमा बसोबास गर्न पुग्छौ,
2 Fala aos filhos de Israel, e dize-lhes: Quando entrardes na terra das vossas habitações, que eu vos hei de dar,
3 तब याहवेहलाई मनपर्दो मिठो बास्‍नाका निम्ति भनेर आफ्नो गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट एउटा पशु लिएर त्यसलाई याहवेहका निम्ति तिमीहरूले अग्निबलि चढाउनू—चाहे त्यो होमबलि, विशेष भाकलको बलि, स्वेच्छिक भेटीहरू अथवा चाडमा चढाइने बलिदानहरू हुन्।
3 E ao Senhor fizerdes oferta queimada, holocausto, ou sacrifício, para cumprir um voto, ou em oferta voluntária, ou nas vossas solenidades, para fazerdes ao Senhor um cheiro suave de ovelhas ou gado,
4 तब जसले आफ्नो भेटी ल्याउँछ, त्यसले एक चौथाइ हिन जैतुनको तेल मिसाएको एक एपाको दशौँ भाग मसिनो पिठो मिसाएको अन्‍नबलि याहवेहलाई चढाओस्।
4 Então aquele que apresentar a sua oferta ao Senhor, por oferta de alimentos trará uma décima de flor de farinha misturada com a quarta parte de um him de azeite.
5 होमबलि अथवा बलिदान चढाउनका निम्ति हरेक थुमासँग अर्घबलिको रूपमा एक चौथाइ हिन दाखमद्य तयार पारोस्।
5 E de vinho para libação prepararás a quarta parte de um him, para holocausto, ou para sacrifício para cada cordeiro;
6 “ ‘एउटा भेडासँग एक हिनको तीस भाग जैतुनको तेलमा एक एपाको बीसौँ भाग मसिनो पिठो मिसाएको अन्‍नबलि,
6 E para cada carneiro prepararás uma oferta de alimentos de duas décimas de flor de farinha, misturada com a terça parte de um him de azeite.
7 अनि अर्घबलिको रूपमा एक हिनको तीन भाग दाखमद्य तयार पार्नू। त्यो याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा भेटीको रूपमा चढाउनू।
7 E de vinho para a libação oferecerás a terça parte de um him ao Senhor, em cheiro suave.
8 “ ‘जब तैँले विशेष भाकलको निम्ति अथवा याहवेहका निम्ति मेलबलिको रूपमा एउटा बहर तयार पार्नेछस्,
8 E, quando preparares novilho para holocausto ou sacrifício, para cumprir um voto, ou um sacrifício pacífico ao Senhor,
9 तब त्यस बहरसँग आधा हिन जैतुनको तेल मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठोको अन्‍नबलि ल्याउनू।
9 Com o novilho apresentarás uma oferta de alimentos de três décimas de flor de farinha misturada com a metade de um him de azeite.
10 अनि आधा हिन दाखमद्य पनि अर्घबलिको रूपमा ल्याउनू। योचाहिँ याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइएको भेटी हुनेछ।
10 E de vinho para a libação oferecerás a metade de um him, oferta queimada em cheiro suave ao Senhor.
11 प्रत्येक बहर अथवा भेडा, थुमा अथवा कलिलो पाठोलाई यसरी नै तयार पार्नू।
11 Assim se fará com cada boi, ou com cada carneiro, ou com cada um dos cordeiros ou cabritos.
12 जतिका निम्ति पशुबलि तयार गर्छौ, हरेक बलिका निम्ति यसरी नै तयार गर्नू।
12 Segundo o número que oferecerdes, assim o fareis com cada um, segundo o número deles.
13 “ ‘स्वदेशमा जन्मने हरेकले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइने बलि चढाउँदा यसरी नै गरोस्।
13 Todo o natural assim fará estas coisas, oferecendo oferta queimada em cheiro suave ao Senhor.
14 किनकि आउने पुस्ताहरूमा पनि तिमीहरूसँग बसोबास गर्ने परदेशी होस्, अथवा जोसुकैले पनि याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा भेटी चढाउँदा तिनीहरूले पनि ठिक तिमीहरूले गरेजस्तै गरून्।
14 Quando também peregrinar convosco algum estrangeiro, ou que estiver no meio de vós nas vossas gerações, e ele apresentar uma oferta queimada de cheiro suave ao Senhor, como vós fizerdes, assim fará ele.
15 समुदायमा तिमीहरूका निम्ति र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूका निम्ति एउटै नियम लागू हुनेछ। योचाहिँ आउनेवाला पुस्ताका लागि सधैँभरिको विधि हो। याहवेहको सामु तिमीहरू र परदेशीहरू एउटै हौ।
15 Um mesmo estatuto haja para vós, ó congregação, e para o estrangeiro que entre vós peregrina, por estatuto perpétuo nas vossas gerações; como vós, assim será o peregrino perante o Senhor.
16 तिमीहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरू दुवैका निम्ति एउटै नियम र विधिहरू लागू हुनेछन्।’ ”
16 Uma mesma lei e um mesmo direito haverá para vós e para o estrangeiro que peregrina convosco.
17 याहवेहले मोशालाई भन्‍नुभयो,
17 Falou mais o Senhor a Moisés, dizendo:
18 “इस्राएली मानिसहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले लैजाँदैगरेको देशमा प्रवेश गर्नेछौ,
18 Fala aos filhos de Israel, e dize-lhes: Quando entrardes na terra em que vos hei de introduzir,
19 तब तिमीहरूले त्यस देशको भोजन खाँदा एक भाग भेटीको रूपमा याहवेहलाई चढाउनू।
19 Acontecerá que, quando comerdes do pão da terra, então oferecereis ao Senhor oferta alçada.
20 तिमीहरूको खलाबाट आएको पहिलो नयाँ फसलको अन्‍नको पिठोबाट बनाएको रोटी भेटीको रूपमा चढाउनू।
20 Das primícias da vossa massa oferecereis um bolo em oferta alçada; como a oferta da eira, assim o oferecereis.
21 आउने पुस्ताभरि नै तिमीहरूले याहवेहलाई आफ्नो जमिनको पहिलो बालीको पिठोबाट अगौटे भेटी चढाउनू।
21 Das primícias das vossas massas dareis ao Senhor oferta alçada nas vossas gerações.
22 “ ‘यदि याहवेहले मोशालाई दिनुभएको आज्ञाहरूलाई अनजानमा तिमीहरूले पूरा गर्न सकेनौ भने
22 E, quando vierdes a errar, e não cumprirdes todos estes mandamentos, que o Senhor falou a Moisés,
23 अर्थात् याहवेहले मोशाद्वारा दिनुभएका आज्ञाहरू, उहाँले दिनुभएको दिनदेखि अहिलेसम्म र आउने पुस्ताहरूले पनि यी आज्ञाहरू पालन गर्न चुके भने—
23 Tudo quanto o Senhor vos tem mandado por intermédio de Moisés, desde o dia que o Senhor ordenou, e dali em diante, nas vossas gerações,
24 र यदि तिमीहरूले यी समुदायले थाहा नपाई अनजानमा गर्‍यौ भने सारा समुदायले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा होमबलिको निम्ति एउटा बहर, साथै तोकिएको अन्‍नबलि र अर्घबलि अनि पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू।
24 Será que, quando se fizer alguma coisa por ignorância, e for encoberto aos olhos da congregação, toda a congregação oferecerá um novilho para holocausto em cheiro suave ao Senhor, com a sua oferta de alimentos e libação conforme ao estatuto, e um bode para expiação do pecado.
25 पुजारीले सारा इस्राएली समुदायका निम्ति पापको प्रायश्‍चित गरोस्, र तिनीहरूलाई क्षमा हुनेछ। किनकि त्यो तिनीहरूले अनजानमा गरेको भूल हुनाले याहवेहकहाँ अन्‍नबलि र पाप शुद्धीकरण बलि ल्याएका हुन्।
25 E o sacerdote fará expiação por toda a congregação dos filhos de Israel, e lhes será perdoado, porquanto foi por ignorância; e trouxeram a sua oferta, oferta queimada ao Senhor, e a sua expiação do pecado perante o Senhor, por causa da sua ignorância.
26 सारा इस्राएली समुदाय र तिनीहरूसँग बसोबास गर्ने परदेशीहरूले पनि क्षमा पाउनेछन्। किनभने ती सबै मानिसहरूले अनजानमा भूल गरेका थिए।
26 Será, pois, perdoado a toda a congregação dos filhos de Israel, e mais ao estrangeiro que peregrina no meio deles, porquanto por ignorância sobreveio a todo o povo.
27 “ ‘तर यदि एक जनाले मात्र अनजानमा पाप गर्‍यो भने त्यसले पाप शुद्धीकरण बलिका निम्ति बाख्राको एकवर्षे पाठी ल्याओस्।
27 E, se alguma alma pecar por ignorância, para expiação do pecado oferecerá uma cabra de um ano.
28 पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्; र त्यसका निम्ति प्रायश्‍चित भएपछि त्यसलाई क्षमा हुनेछ।
28 E o sacerdote fará expiação pela pessoa que pecou, quando pecar por ignorância, perante o Senhor, fazendo expiação por ela, e lhe será perdoado.
29 अनजानमा पाप गर्ने व्यक्ति स्वदेशमा जन्मेको इस्राएली होस्, अथवा तिमीहरूको बीचमा बसोबास गर्ने विदेशी होस्, सबैका निम्ति एउटै नियम लागू हुनेछ।
29 Para o natural dos filhos de Israel, e para o estrangeiro que no meio deles peregrina, uma mesma lei vos será, para aquele que pecar por ignorância.
30 “ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्‍यो र याहवेहको नामको निन्दा गर्‍यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ।
30 Mas a pessoa que fizer alguma coisa temerariamente, quer seja dos naturais quer dos estrangeiros, injuria ao Senhor; tal pessoa será extirpada do meio do seu povo.
31 किनभने तिनीहरूले याहवेहको वचन तिरस्कार गरे। अनि उहाँका आज्ञाहरू भङ्ग गरेको कारण तिनीहरूलाई निश्‍चय नै बहिष्कार गरिनुपर्छ। तिनीहरूको दोषको दण्ड तिनीहरूमाथि नै पर्नेछ।’ ”
31 Pois desprezou a palavra do Senhor, e anulou o seu mandamento; totalmente será extirpada aquela pessoa, a sua iniqüidade será sobre ela.
32 इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो।
32 Estando, pois, os filhos de Israel no deserto, acharam um homem apanhando lenha no dia de sábado.
33 अनि जसले त्यसलाई दाउरा बटुलिरहेको भेट्टाए, तिनीहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए।
33 E os que o acharam apanhando lenha o trouxeram a Moisés e a Arão, e a toda a congregação.
34 अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्‍ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे।
34 E o puseram em guarda; porquanto ainda não estava declarado o que se lhe devia fazer.
35 तब याहवेहले मोशालाई भन्‍नुभयो, “त्यो मानिस मर्नैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।”
35 Disse, pois, o Senhor a Moisés: Certamente morrerá aquele homem; toda a congregação o apedrejará fora do arraial.
36 यसकारण समुदायले त्यसलाई छाउनीबाहिर लगेर याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे।
36 Então toda a congregação o tirou para fora do arraial, e o apedrejaram, e morreu, como o Senhor ordenara a Moisés.
37 याहवेहले मोशालाई भन्‍नुभयो,
37 E falou o Senhor a Moisés, dizendo:
38 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘आउने पुस्ताभरिका लागि तिमीहरूका वस्त्रहरूका कुनामा निलो धागोको झुम्काहरू बनाउनू।
38 Fala aos filhos de Israel, e dize-lhes: Que nas bordas das suas vestes façam franjas pelas suas gerações; e nas franjas das bordas ponham um cordão de azul.
39 यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्‍ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ।
39 E as franjas vos serão para que, vendo-as, vos lembreis de todos os mandamentos do Senhor, e os cumprais; e não seguireis o vosso coração, nem após os vossos olhos, pelos quais andais vos prostituindo.
40 तब तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नलाई याद गर्नेछौ। अनि तिमीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुनेछौ।
40 Para que vos lembreis de todos os meus mandamentos, e os cumprais, e santos sejais a vosso Deus.
41 म याहवेह तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”
41 Eu sou o Senhor vosso Deus, que vos tirei da terra do Egito, para ser vosso Deus. Eu sou o Senhor vosso Deus.

Ler em outra tradução

Comparar com outra